बैकल्पिक सिँचाइ मार्फत रोपाँइ गर्दै चुलाचुलीका कृषक,उत्पादन आधा घट्ने सम्भावना
देवेन्द्र पौडेल चुलाचुली/मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा मानिने असार महिना यस बर्ष भनें इलामको चुलाचुली गाउपालिका का किसानहरुले आधा खेतमा धान रोप्न नपाउदै बितेको छ ।
इलाम जिल्लाका १० पालिका मध्य एकमात्र पालिका हो जहाँ सबैभन्दा धेरै २ हजार १ सय हेक्टर क्षेत्रफलमा धान रोपाइ गरिन्छ तर यसवर्ष असारको अन्तिम साता भइसक्दा खेतीयोग्य जमिन को ७० प्रतिशत क्षेत्रफलमा रोपाइ गरिने धान ३५ प्रतिशतमा मात्रै रोपिएको छ ।
गाउपालिका भित्र सन्चालित बिभिन्न ठुला तथा साना सिंचाइ आयोजना भित्र सहभागी किसानहरुले आंशिक रोपाइ गरेका छन,आकास बाट बर्षात नभए पछी कुलोपैनी मा समेत पानी घटने तथा जमिन मुनीको पानी मोटर पम्पहरु बाट तान्दा समेत प्रशस्त नआउने किसान हरुको भनाइ छ । चुलाचुली गाउपालिका वडा नम्बर ३ निवासी ईन्द्र कुमार सिवाहाङ राइले मोटर बाटै आफ्नो डेढ बिगाहा जमिनमा धान रोपाइ त गरे तर दैनिक ४/५ घण्टा मोटर अझै पनि निरन्तर चलाईरहेका छन । आकासे वर्षात भएको खण्डमा कहिलेकाही पानी खडकिदा मात्रै मोटर चलाउने गरेको उनको भनाइ छ ।
गाउपालिकाको ६ नम्बर वडामा थोरै क्षेत्रफलमा धान रोपाइ गरिन्छ । जहाँ भुमिगत सिंचाइको कुनै श्रोत छैन एक मात्र नुनसरी खोला सिचाइ आयोजना सन्चालनमा छ,सो सिचाइ आयोजना भित्र पर्ने केहि किसानहरुले आंशिक रोपाइ गरेका छन भनें आकासे पानीका भरमा धान रोप्ने धेरै किसानहरु आकास तिरआखा लाउदै पानी पर्ने आसामा ब्याड को बिउ हेर्दै बसिरहेका छन । यता चुलाचुली गाउपालिका वडा नम्बर १ को भनें ब्यथा अलिक मत्थर रहेको छ , वडा नम्बर १ का कृषक राम प्रसाद गौतमले आफ्नो १५ कट्ठा जमिन मोटर कै पानी तानेर धान रोप्ने तयारीमा हुनुहुन्छ । स्थानिय कमल खोला सिचाइ आयोजना भित्र आवद्ध भएता पनि पुच्छरका उपभोक्ता हरुले आवश्यक पानी नपाइने भएकाले आफ्नै खेतमा मोटर राखेर सिचाइ गर्न थालिएको उनको भनाइ छ ।
भुमिगत जल सिचाइ सहजै सन्चालनमा आउने भएकाले चुलाचुली १ नम्बर वडामा भनें सिचाइ को समस्या नभएको स्थानिय हरुको भनाइ छ । व्यक्तिगत रुपमा सन्चालन गरिएका भुमिगत सिचाइका अलवा स्थानिय सरकारको पहलमा बिभिन्न आयोजना हरु संग समान्वय गरेर सन्चालनमा आएका ठुला भुमिगत जलसिचाइ आयोजना हरुले स्थानिय १ नम्बर बासीलाई सिचाइमा सहजता भएको बताउनु हुन्छ चुलाचुली एकका कृषक तथा राजनितिक अगुवा नारायण लावती ।
यता चुलाचुली गाउपालिका ३,४ र ५ नम्बर वडा को अवस्था भनें अत्यन्तै दर्दनाक रहेको छ, रतुवा खोला जलसिचाइ आयोजना ले समेटिएको केहि क्षेत्रमा अत्यन्तै कष्टका साथ रोपिएको धान आवश्यक पानी लगाउन नपाउदा खेतमै सुक्न थालेको छ । भुमिगत जल सिचाइको कुनै पनि प्रवन्ध नभएको ५ नम्बर वडाको केहि भागमा भनें धान रोप्न नै पाइएको छैन । ३ नम्बर तथा ४ को केहि भागलाई सिंचाइ गर्ने गरिएको बिधवा खोला सानासिचाइ आयोजन मर्मत संहार अभाबका कारण पुर्ण रुपमा बन्द भएको छ भनें ३ नम्बर को केहि क्षेत्रलाई सिचित गर्ने चाँजु खोला सानासिचाइ आयोजना पनि जिर्ण अवस्थामा पुगेको छ ।
यता चुलाचुली २ नम्बर वडामा सन्चालित चाजुखोला सिंचाइ आयोजनाले केहि भागमा सिंचाइ गर्ने गरेको र उक्त वडाको केहि भागमा भुमिगत जल सिंचाइ हुने भएकाले सो वडाको अधिकांस क्षेत्रमा रोपाइ गरिएको तर थप सिंचाइ अभाबका कारण रोपिएको धान सुक्न थालेको स्थानिय किसानहरु बताउछन ।
चुलाचुली गाउपालिकामा भौगोलिक बिविधता भएका कारण सबै खेती योग्य जमिनमा धान रोपाइ नगरिएता पनि अधिकांस जमिनमा धान खेती नै गरिने र यसका लागी किसानहरु तयारी अवस्थामा रहेता पनि आवस्यक बर्षात नहुँदा रोपाइ गर्न नपाएको र जेनतेन रोपेको धानपनि सिँचाइको अभाबका कारण उब्जनी राम्रो नहुने देखिन्छ ।
भएका साना सिँचाइ आयोजना हरु समेत उचित संरक्षण र मर्मत अभाबले जिर्ण बन्दै गएका र नयाँ योजना हरु निर्माण नगरिनुले मौसम प्रतिकुलता का अवस्थामा स्थानियले मौसम अनुसार को बालिनाली लगाउन समस्या भएको देखिन्छ । पछिल्लो समय चुलाचुली गाउपालिका स्थानिय सरकारले कृषी क्षेत्रमा अभिभावकत्व ग्रहण नगरेका कारण किसानहरु संग भएका खेती योग्य जमिनहरु बाँझै रहनुका साथै ब्यावसायिक रुपमा सन्चालनका लागी सुरु गरिएका धेरै पसुपालन फर्मका गोठहरु रित्तै रहेका छन । कृषीमा प्रचुर सम्भावना रहेको चुलाचुली गाउपालिकामा दिर्घकालिन योजना बनाएर कृषी क्षेत्रको प्रवद्धन र बिकास गर्न सके गाउबासीको साथै स्थानिय सरकारको समेत आम्दानी को श्रोत बढने देखिन्छ ।
