देवेन्द्र,पौडेल चुलचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्ब र १ तीनतले कि १३ वर्षिय बालिका प्रिया राइको सर्पदंस का कारण मृत्यु भएको छ ।
मृतक राइ लाई चुलाचुली गाउपालिका वडा नम्बर १ तीनतले स्थित आफ्नै घर मा सुतीरहेको अवस्था मा बिषालु गोमन सर्पले टोक्दा हिजो असार ३० गते बिहान ४ बजे उनको मृत्यु भएको हो । बेलुका सकुसल सुतेकी छोरी राती २ बजे एक्कासी छटपटाउन थालेपछी बुवा चित्र राइ तथ आमा सुस्मा राइले खोजतलास गर्द बच्चाको हातमा सर्पले टोकेको डाम देखिए पश्चात तुरुन्त झापाको दमकमा अवस्थित रेडक्रस मा लागिएता पनि बच्चा लाई सर्पदंश उपचार केन्द्र दमक ले मृत्यु घोषाणा गरेको हो ।
राइ दम्पतीका दुइ सन्तान मध्य मृतक प्रिया राइ पहिलो सन्तान हुन । चुलाचुली १ कमल स्थित जनता माध्यमिक बिद्यालय कक्षा ७ मा अध्ययनरत प्रियाको शव अहिले उनकै घर मा राखिएको छ र उनका हजुरबुवा हजुर आमा को उपस्थिती पश्चात दाहसस्कार गरिने जानकारी प्राप्त छ ।
चुलाचुली गाउपालिका को उक्त वडाको सो क्षेत्रमा बिसालु सर्पको बिगबिगी निक्कै बढी रहेको छ । केहि दिन अघाडी मात्रै सोही क्षेत्र मा ५५ वर्षिय महिला लाई समेत सर्पले डसेको थियो । गर्मी बढेसंगै चुलाचुली का बिभिन्न स्थानहरु मा सर्पको बिगबिगी बढेको छ ।
गर्मी याममा खास गरी तराई मा सर्पदंसका घटनाहरु घटने गर्दछन अति बिशालु सर्पले डस्दा र समय मै उपचार केन्द्रमा पुर्याउन नसक्दा मृत्यु हुने तथा अङ्गभङ्ग हुने समेत गरेको छ । नेपाल सरकारले कुनै पनि आधिकारिक तथ्याङ्क नराखेता पनि नेपालमा वर्षिक २७ सय देखी ३ हजार २ सय ५० जना मानिसको सर्पदंश बाट मृत्यु हुने गरेको पाइएको छ ।

Facebook Comments Box