देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ६ स्थित दसमी बजार मा ३ दिने राँके मेला सन्चलन हुने भएको छ ।

दसमी बजार ब्यवस्थापन समितीको आयोजनामा आगामी असार ३२ गते देखी श्रावण २ गते सम्म्मा सन्चालन हुने उक्त मेलामा बिभिन्न सास्कृतिक कार्यक्रम का साथै स्थानिय उत्पादन,परिकार हरुको बिकृवितरण का अलवा राँके मेला फुटबल प्रतियोगिता समेत सन्चालन हुने भएको छ ।
समुद्र सतहा देखी ३ सय मिटरको उचार मा रहेको दसमी बजारमा साप्ताहिक रुपमा लाग्ने हाटबजार ले स्थानिय उत्पादन लाई बजारिकरण तथा स्थानिय बासीलाई आवस्यक सामाग्री हरु सहजै उपलब्ध गराउने गरेकाले पछिल्लो समय गाउघर का बजार हरु दिनानुदिन हराउदै गएता पनि सो बजार भनें निरन्तर चलीरहेको छ ।
राँके मेलाको अवसरमा सन्चालन हुने फुटबल प्रतियोगितामा स्थानिय १० वटा फुटबल टिमहरु बिच प्रतियोगिता हुनेछ भने प्रतियोगितामा बिजेता टिम ले नगद रु. १५ हजार तथा उपबिजेता टिम ले नगद रु. ८ हजार प्राप्त गर्नेछन ,त्यसका अलवा स्थानिय स्तरका बिभिन्न खेलहरु समेत सन्चालन हुने आयोजक सस्था दसमी बजार ब्यवस्थापन समिती का अध्यक्ष सन्देश साम्सुहाङ राइले जानकारी दिनु भयो ।
सस्कृतिक परम्परा अनुसार श्रावण महिनाको १ गते लाई लुतो फ्याक्ने दिनका रुपमा चिनिन्छ । परापुर्व कालमा बर्षातको खेतिपाती गर्ने क्रममा फोहोर मैलाका कारण मानिसको सरिर मा लुतो लिस्कने र रोपाइ सकिए सँगै श्रावण १ गते लुतो फ्याक्ने गरिएको र लुतो फ्याक्दा स्थानिय परम्परा अनुसार राँको बनाएर साँझमा फ्याकिने भएका ले सोही सास्कृतिक परम्पराको संरक्षण गर्दै बर्षेनी चुलाचुली ६ को दसमी बजारमा राँके मेलाको आयोजना गर्ने गरिएको छ ।
मोरङको मधुमल्ला बजार देखी ३३ किलोमिटर को दुरी मा रहेको दसमी बजार प्राकृतिक सौन्दर्यताले भरीभराउ क्षेत्र हो सदाबहार समसितोष्ण मौसम भएको सो क्षेत्र लाई हिउदे कच्ची सडक सन्जालले मात्रै जोडेको छ । बर्षातको समयमा बैकल्पिक मार्ग हरु राके रबी धनकुटा सडक खण्ड प्रयोग गर्नु पर्ने बाध्यता स्थानिय हरुको छ । स्थानिय,संघ तथा प्रदेश तीन वटै तहका सरकार हरुले दसमी दारेगौडा फुङनाम मधुमल्ला लाई सडक सन्जाल ले सहजै जोडन बिभिन्न योजनाहरु बनाएर कार्यान्वयन गर्न प्रयास गरेता पनि हालसम्म स्थानिय लाई सन्तोषजनक सुबिधा भनें भएको छैन ।
सडक पुर्वाधार लाई प्राथमिकता दिएर सहज यात्रा गर्न सके हरेक बर्ष दसमी बजारमा लाग्ने गरेको राँके मेलाले निक्कै प्राथमिकता पाउने र स्थानिय बासीहरु ले उत्पादन गरेको स्थानिय उत्पादन ले राम्रो बजार पाउने र स्थानियको आयआर्जन मा समेत बृद्धी हुने निश्चित छ ।

Facebook Comments Box