देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ कमल स्थित कुशेडाँडा पर्यटकिय स्थलमा स्थानियहरुले बिगत ८ महिना देखी निरन्तर श्रमदान गरिरहेका छन ।
समुद्री सतह देखी १५ सय मिटरको उचाइमा रहेको सो कुशेडाँडा लाई स्थानिय हरु ले निङकोक्मा डाँडा समेत भनेर भन्ने गरेका छन । चुलाचुली गाउपालिका का अलवा झापाको झिलझिले,केर्खा,दमक लगायत मोरङ को मधुमल्ला र उर्लाबारी लाई समेत उचाइ बाट नियाल्न सकिनुका साथै बनभोज तथा नाजगान का लागी उपयुक्त सो पर्यटकिय स्थलको सुदृढिकरण र सौन्दर्यकरण का लागी श्रमदान मार्फत बाटो बनाउने,सरसफाइ गर्ने रंगरोगन गर्ने लगायतको काम हरु सम्पन्न गर्ने गरिएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर १ ले आर्थीक वर्ष २०८१/८२ मा सो क्षेत्रको संरक्षण का लागी रु. १ लाख बजेट बिनियोजन गरेको थियो र सोही बजेट कार्यान्वयन संगै सुरु भएको थियो श्रमदान को थालनी र हाल सम्म झाण्डै १० लाख रकम बराबर को काम श्रमदान मार्फत गरिसकिएको अनुमान गर्न सकिन्छ ।
अघिल्लो पुस्ता ले बस्ती नजिकै रहेको नाङ्गो डाँडामा बर को रुख रोपेको र सोही रुख अहिले हुर्कदै गएपछी अत्यन्तै आकर्षक बनेको साथै सामुदायिक बन क्षेत्र भित्र भएकाले बनभोज खान तथा गर्मी समय मा टहलाउन उपयुक्त ठाउ भएकाले स्थानिय जनसक्ती लाई सदुपायोग गर्द्दै हरेक सनिवार श्रमदानको कार्यक्रम रहने बताउनु हुन्छ स्थानिय उद्धब ओझा ।

चुलाचुली १ बाट कुसेडाँडा स्वप्न डाँंडा मैनाचुली हुँदै झापाको सतासीधाम सम्म पदमार्ग को सभावना बोकेको उक्त कुसेडाँडा लाई संरक्षण तथा प्रवद्धन बिगत वर्ष अघाडी देखी नै भएको हो तर बिगतमा यस्तो ब्यापक श्रमदान सन्चालन गर्न नसकिएको र अहिले भने यो हातिलेदा सामुदायिक बनभित्र पर्ने कुसेडाडा अत्यन्तै राम्रो पर्यटकिय स्थलको रुपमा बिकास गर्ने पर्यास स्वरुप श्रमदान को अभियान चलाईएको बताउनु हुन्छ कुसेडाँडा संरक्षण समितिका अध्यक्ष दिलिप खजुम लिम्बु ।
पछिल्लो समय स्थानिय तहहरु मा बजेट को अभाब ब्यापक रुपमा बढी रहदा यसरि श्रमदान मार्फत सार्वजानिक चासो र सरोकारका स्थानहरु संरक्षण र प्रवद्धन लाई सबैले सकारात्मक लिदै यस्तो कार्य मा सम्पुर्ण गाउबासी सहभागी हुनु पर्ने आवश्यक्ता देखिन्छ ।

Facebook Comments Box