प्रवासीहरु द्वारा बिद्यालयमा अक्षयकोष स्थापना

देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित श्री किरातेश्वर माध्यमिक बिद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरु का लागी रु. ४ लाख २७ हजारको अक्षयकोष स्थापना गरिएको छ ।
हिजो भाद्र ९ गते पुर्व विद्यार्थी अक्षयकोष दाता सम्मान तथा सार्वजानिकिकरण कार्यक्रमको आयोजना गर्दै सो कोषको औपचारिक सुरुवात गरिएको हो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हर्क बहादुर राइको अध्यक्षता तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न सो कार्यक्रममा अक्षयकोष दाता हरुको नामावली सार्वजानिक समेत गरिएको थियो ।
उक्त बिद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरु जो हाल प्रवास मा रहनुहुन्छ वहाँहरुको आर्थीक सहयोगमा स्थापना गरिएको अक्षयकोष मा ४२ जनाको सहभागिता रहेको छ । बिद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्य आर्थीक अवस्था कमजोर र पढाइ मा जेहन्दार विद्यार्थीहरु लाई पठनपाठन मा सहयोग पुर्याउने उद्धेश्यका साथ स्थापना भएको सो अक्षयकोषको रकम दाताहरु बाट एकामुष्ठ बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठका अनुसार स्थापना गरिएको अक्षयकोष मार्फत बिपन्न बर्गका विद्यार्थीहरुलाई पठनपाठन मा सहयोग पुग्ने बताउनु भयो । वहाँले भन्नु भयो देसबिदेश मा रहेरपनि आफु अध्ययन गरेको बिद्यालयमा अक्षय कोष स्थापनाका लागी जुटनु हुने सम्पुर्ण महानुभाब हरुलाई हृदय देखी नै धन्यवाद टक्र्याउछु भन्नुभयो ।
स्थापित अक्षय कोषको ब्याजबाट बिद्यार्थीहरुको पठनपाठन मा सहयोग पुर्याउने बिभिन्न कृयाकलापका लागी प्रयोग गर्नेगरी स्थापित सो कोषमा हालसम्म सहभागी सम्पुर्ण दाता प्रवास मै रहनु भएको छ । स्थानिय बिद्यालयको शैक्षिक गुणस्तर बृद्धी तथा बिपन्न बर्गका विद्यार्थी हरुलाई सहायता पुग्ने यस्ताखाले कार्यक्रमहरु हरेक बिद्यालयमा सन्चालन गर्नसके शैक्षिक गुणस्तर बृद्धी हुने पक्का छ यसका लागी प्रवासमा रहने मात्रै नभएर स्वदेश र गाउघरमा हुने स्थानिय शिक्षाप्रेमी महानुभाबहरु समेत लागी पर्नु पर्ने देखिन्छ ।