देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका अन्तरगत शिक्षा शाखाको आयोजनामा हिजो भाद्र ११ गते एक बिषेस कार्यक्रमको आयोजना गर्दै आधारभुत तह कक्षा १ देखी ३ सम्मको स्थानिय पाठ्यक्रम “हाम्रो चुलाचुली” लोकार्पण गरिएको छ ।

चुलाचुली गाउपालिकाको सभाहलमा शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्र को अध्यक्षतामा सम्पन्न सो पाठ्यक्रम लोकार्पण कार्यक्रममा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ प्रमुख अतिथी तथा उपाध्यक्ष दिल कुमारी लावती लिम्बु बिशिष्ठ अतिथी रहनुभएको थियो भनें कार्यक्रममा चुलाचुली गाउपालिका का बिभिन्न वडाका वडाध्यक्षहरु, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु ,शिक्षक तथा कर्मचारिहरु लगायत स्थानिय सरोकारवाला हरुको उपस्थिती रहेको थियो ।
देश संघियता संरचनामा रुपान्तरण भए संगै शिक्षामा बिकेन्द्रीकरणको अवधारणा अनुसार स्थानिय आवश्यकताको आधारमा शिक्षाको जगलाई दरिलो बनाउन आधारभुत तहबाट नै पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता भएकाले साथै नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालय, पाठ्यक्रम बिकास केन्द्रले स्थानिय सरकार बिद्यालय तथा शिक्षकहरुलाई आधारभुत तहको पाठ्यक्रम २०७६ स्थानिय पाठ्यक्रम प्रारुप २०७१ तथा स्थानिय पाठ्यक्रम बिकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ जस्ता महत्वपुर्ण निर्देशिका तथा पाठ्यक्रम प्रारुप हरुको बिकास गरिसकेकाले स्थानिय सरकार चुलचुली गाउपालिकाले समेत हाम्रो चुलाचुली नामक स्थानिय पाठ्यक्रम प्रकाशन गरेको पाइएको छ ।

पाठ्यक्रम निर्माण तथा बिकास कार्यदलले बिभिन्न सरोकारवाला, बिज्ञ, स्थानिय भाषा सस्कृती अध्यता, बाल अधिकारकर्मी लगायतको राय सुझाब र परामर्शका आधारमा तयार पारिएको हाम्रो चुलाचुली शिर्षकको आधारभुत तहको पाठ्यक्रम सैदान्तिक र प्र्योगात्मक प्रकृतीको रहेको छ भनें १०० पुर्णाङ्कको पाठ्यभार रहेको सो पाठ्यक्रम बिषय शिक्षकले साप्ताहिक ५ पाठ्यघण्टा अध्यापन गराउनु पर्नेछ भने सो पाठ्यक्रमले चुलाचुलीको प्राकृतिक श्रोत र सम्पदा, सस्कार सस्कृती ऐतिहासिक र पर्यटकिय स्थलहरुको बारेमा, पेशा ब्यावसाय र प्रविधी, स्वास्थ्य सरसफाइ, प्रकोप र त्यसको ब्यावस्थापन, स्थानिय ब्यक्ती र सस्थाहरुको परिचय, सामाजिक मेलमिलाप र द्वन्द ब्यवस्थापान लायतका क्षेत्रहरु समेटने गरी तयार पारिएको छ ।

उक्त पाठ्यक्रम लोकार्पण कार्यक्रमको औचित्यर उद्धेश्यका बारेमा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्रले पाठ्यक्रम निर्माणका क्रममा स्थानिय शिक्षाप्रेमी, राजनितिक दलहरु, बिभिन्न जातिगत भाषागत संघ सस्थाका प्रतीनिधीहरु बिद्यालय ब्यवस्थापन समितीका प्रतीनिधी हरुको राय सुझाबमा पाठ्यक्रम तयार गरिएको र आज लोकार्पण मा भनें कार्यान्वयन पक्ष्य बिद्यालय प्रधानध्यापक र बिषय शिक्षक हरु को उपस्थिती मा सम्पन्न गरिएको बताउनु भयो । वहाँले थप्नुभयो पाठ्यक्रममा सबै बिषयहरु समेटने प्रयास गरिएको र केहि बिषयहरु छुटेको हुन सक्ने र ति छुटेका बिषयहरु लाई पाठ्यक्रम परिमार्जन हुने समयमा समेटिने समेत बताउनु भयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले यो स्थानिय पाठ्यक्रम प्रकाशन गर्नु चुलाचुली गाउपालिकाका लागी एउटा ठुलो उपलब्धी हो भन्नुभयो वहाँका अनुसार कतिपय स्थानिय सरकारले चाहेर पनि यस्ता स्थानिय पाठ्यक्रमहरु प्रकासन गर्न सकेका छैनन र यो भन्दा अघिल्लो चुलाचुलीको स्थानिय सरकारले समेत यसको सुरुवात गर्‍यो सम्पन्न हामिले गर्यौ यसमा गाउपालिका को सम्पुर्ण टिमको ठुलो सहयोग रहेको वहाँ ले बताउनु भयो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती, कार्यपालिका सदस्य गंगा सुवेदी, नरेन्द्र कुमार राइ वान्तवा, बाझोगाउ माध्यमिक बिद्यालयका प्रधानध्यपक गणेश कुमार अधिकारी, जनता माध्यमिक बिद्यालयका प्रधानध्यापक लक्ष्मेश्वर बनावरिया, बालज्योती मा बि बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष सेतु प्रकाश राइ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भनें कार्यक्रममा स्थानिय पाठ्यक्रम निर्माण तथ बिकास कार्यदल २०७७ का सदस्य हरु कमल प्रसाद अधिकारी, छवी खनाल, दिल कुमार आङदेम्बे र सरस्वती शिवा लाई सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box