पुर्वमा दारासिङ मञ्चनको भब्य तयारी
चुलाचुली इलाम ,कुनै समय सुदुर पुर्वको चर्चित नाम थियो दारासिङ अर्थात कर्ण बहादुर केरुङ्ग । पुर्वको पाँचथरको डाँडा देखि इलामको चुलाचुली र झापामा अझै पनि उनको चर्चा र किस्सामा सुन्ने र सुनाउने प्रशस्तै भेटिन्छन ।
एउटा रहस्यमय जीवन बाँचेका कर्ण बहादुर केरुङ्ग उर्फ दारासिङलाई थुप्रैले थुप्रै दृष्टिकोण बाट हेरे । अहिलेको पुस्तामा उनको किस्सा आईपुग्दा केही यथार्थ त केही अल्लि फरक बनेको जस्तो देखिन्छ । पाँचथरको फालेलुङमा बिं.सं २००४ मा जन्मिएका केरुङ ठूलो ज्यान र आट्टि स्वभावका थिए । पहाड बाट तराई हुँदै बसाई सरेर आएको उनले जम्मा ३३ बर्ष मात्र बाँच्न पाए । पुष मसान्तको जाडोमा झापाको माई स्थित माईमेलाको भिडमा रहस्य मय भएको उनको मृत्युको वास्तविकता अझै खुलेको भने छैन । सोही दारासिङको आत्माकथालाई लिएर चुलाचुली रंगमञ्च टिमले ” उर्फ दारासिङ ” नाटकको परिकल्पना गर्यो । जसबाट लगभग ४५ वर्ष पछाडी पुन दारासिङलाई नाटकको माध्यम बाट देखाउने जमर्को गरियो । काठमाडौं स्थित मण्डला थिएटरमा गत बैशाखमा २८ पटक मञ्चन पश्चात् यति बेला दारासिङको पुर्वी मञ्चन तयारी गरिरहेको आयोजकले बतायो ।
मुन कृएसनको सहकार्य र चुलाचुली रंगमञ्चको प्रस्तुती रहने यश नाटकलाई सुमन लिङ्देनले लेखेका हुन भने चेतन आङ्थुपोले निर्देशन गरेका छन । नाटकको व्यवस्थापन संयोजकको रुपमा विनय कुमार फागु ( बिक्रम ) रहेका छन । लेखक लिङ्देनका अनुसार,” नेपाल चौहद्दि सुदुर पूर्वको झापा राजमार्ग आसपासको राजनैतिक, सामाजिक, साँस्कृतिक र अर्थराजनीतिको घटना हो यो। १८३१ लालमोहर सन्धिबाट प्राप्त लिम्बुवानको जमिनमाथिको भु-सामित्व ‘किपट’ खारेजीको बिद्रोह नजागोस र ००७ सालको क्रान्तिमा होमिएका भुपु सैनिकहरुलाई अझ राष्ट्रवादी बनाउन सकौ र हतियार खेलाउन माहिर ती जातिहरुलाई देशको सीमानाको रखवाला बनाउन सकौ___ यस्तै यस्तै आसय बुझिन्छ झोडा आवादको। यसपटक हामीले भूमी, संस्कृति, भाषा आदिलाई केन्द्रमा राखेर कथा भन्ने कोसिस गरेका छौँ। फौदारीपन कसरी हतियार र मृत्युको कारणसम्म बन्न पुग्छ? __समाजिक अवयब संग जोडिएका कथानकलाई भन्ने प्रयास गरेका छौँ। ” झापाको दमक स्थित रिभर भ्यु हेरिटेज रिसोर्ट हलमा असोजको २ देखि ११ गते सम्म मञ्चन हुने नाटकले आफ्नै भुमि र परिवेशमा दर्शकको माया कति पाउछ, त्यो हेर्न बाकी नै छ । नाटकका निर्देशक तथा चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष आङ्थुपो भन्छन, ” हामिले दारासिङलाई राजधानिको माहोलमा पटक पटक देखायौं ।
राजधानीमा अनेकन क्षेत्र र भुगोलका दर्शकले नाटकलाई नजिक बाट नियाले । यो हाम्रो लागि आत्मसन्तुष्टिको कुरा हो । तर जुन दर्शक जसले दारासिङलाई बचपन देखि देख्यो, संगै हुर्कियो, जो राजधानी पुग्न सक्दैन ; उनिहरुलाई कसरी देखाउने भन्ने चिन्ता थियो । यसमा हाम्रो आदरणिय बिक्रम दाइ जसले आट गर्नु भयो, हामिलाई हौसला दिनु भयो । सोही कारण हाम्रो सिर्जनशिल समूह जुट्यो । समूह नै लागेसी असम्भव के छ र ? हामी पुर्ण तयार छौ । दर्शकहरु संग केही दिनमा भेट हुनेछ । ” हाल देशको अवस्थाले नाटक रिहर्सलमा केही असर पुर्याए ता पनि निर्धारित समय देखिनै मञ्चन शुरु गर्ने ब्यबस्थापन फागो बताउछन ।