देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित कन्चन्जँघा टोल बिकास सस्थाले जेन्जी आन्दोलन मा ज्यान गुमाएका हरुको सम्झना गर्दै आज असोज १ गते साँझ चुलाचुली ४ स्थित सयपत्री चोकमा दिप प्रज्वलन गरेको छ ।

खासगरी नेपाल सरकारले आफ्नो मातहतमा दर्ता प्रकिया नभएका बिभिन्न सामाजिक सन्जालहरु लाई नियन्त्रणमा लिएको जसले गर्दा नागरिकको अभिब्यक्ती स्वतन्त्रतामा सरकार उदासिन रहनुका साथै नेपाली राजनिती बृतमा भएका बिभिन्न कालाकर्तुत हरु सामाजिक सन्जालको माध्यमले दिनानुदिन खुलासा हुन थालेका कारण सरकारले यो कदम चालेको हुनसक्ने आकलन गरिएता पनि पछिल्लो पुस्ताको आक्रो लाई नेपाल सरकारले थाम्न नसक्दा सुरक्षा निकाय र नेपाली युवा जमात बिच भएको भिडन्तमा ७२ जना नेपाली युवा हरुको ज्यान गएको हो जसमा राज्यको तर्फ बाट ५९ जना प्रदर्शनकारी, त्यसै गरी प्रदर्शनकारी को आक्रमणमा परी ३ जना प्रहरी अधिकारीहरु र बिभिन्न जेलका कैदिबन्दीहरु भाग्ने क्रममा १० जना गरी कुल ७२ जना को मृत्यु हुनुका साथै ३ सय ४७ जना भन्दा माथी घाइते भएका थिए र आज असोज १ गते राष्टृय शोक दिवसका रुपमा सरकार ले सार्वजानिकबिदा समेत दिएको हुँदा उक्त कन्चन्जंघा टोल बिकास समितीले तिनै सहिद हरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।

मुलुक मा नयाँ राजनितिक परिवर्तन भएको र जसका लागी जेनजी पुस्ताले अतुलनिय योगदान रहेको छ । परिवर्तनका लागी आफ्नो ज्यान आहुती गर्ने महान सहिदहरुको आत्माको चिर शान्तिको कामना सहित शोकमा परी बिछिप्प्त परिवार जनमा धैर्य धारण गर्ने सक्ती इस्वरले प्रदान गरुन भ न्दै शान्ती दिप प्रज्वलन गरिएको बताउनु भयो कन्चन्जंघा टोल बिकास सस्थाका अध्यक्ष चक्र गजमेर ले ।

उक्त जेनजी आन्दोलनका क्रममा इलाम का बिभिन्न पालिक हरु मा ठुलो जनधनको क्षति भएता पनि चुलाचुली गाउपालिका भित्र भने कुनै पनि क्षति तथा अप्रिय घटना भएको थिएन ।

Facebook Comments Box