दिनेश पौडेल ईलाम टाइम्स चुलाचुली। सुर्योदय आधारभुत विध्यालय चुलाचुली-३ का ३० जना नानीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। यस विध्यालयमा नियमित अध्ययनरत विपन्न तहका स-साना नानीहरूलाई उक्त कपडा वितरण गरिएको हो।

सुन्दर समाज नेपाल दमकले उक्त न्यानो कपडा वितरणमा सहयोग गरेको हो। समाजका अध्यक्ष लक्की सिटौला लगायतका समूहको उपस्थितीमा आज एक कार्यक्रमको आयोजना गरेर कपडा वितरण गरिएको थियो।

कार्यक्रममा चुलाचुली-३ का वडा सदस्य सुरेश थुलुङ, विध्यालय व्यावस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, विध्यालयका शिक्षक शिक्षिका लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।

दमक झापामा सक्रिय सुन्दर समाज नेपाल चुलाचुली स्थाइ घर भइ दमकमा व्यावसाय गर्ने लोकेन्द्र गौतम र चन्द्र दाहालको पहलमा चुलाचुली सम्म आउन सफल भएको हो।

खदाको पैसाले नानीहरूलाई खाता, कलम सहयोग
कार्यक्रममा उपस्थित अतिथिहरूलाई विध्यालयका तर्फबाट सत्कार स्वरूप पहिराइएको खदालाई समाज नेपालका अध्यक्ष सिटौलाले सम्मान पुर्वक अस्विकार गरेका थिए। कार्यक्रममा लगाईने खदा खरिदमा हुने खर्चलाई बचाएर उक्त रकम बिपन्न विध्यार्थीहरूलाई खाता र कलम खरिद गरेर सहयोग गर्न भनेका थिए। सिटौलाले खदा फिर्ता गरे संगै सबै अतिथिहरूले खदा सम्मान साथ फिर्ता गरेका थिए।

Facebook Comments Box