देवेन्द्र पौडेल, चुलाचुली /इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ मा रहेको श्री सिद्धेश्वर शिवालय मन्दिरको १९ औं वार्षिक उत्सबका अवसर मा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सन्चालन गरिने भएको छ ।
आज माघ १९ गते मन्दिर संरक्षण समितिका अध्यक्ष रितु प्रसाद अधिकारिको अध्यक्षतामा एक बिषेस कार्यक्रम को आयोजना गर्दै मन्दिर संरक्षण समिती ले उक्त महापुराण सन्चालन गरिने जानकारी दिएको हो ।चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ तथा चुलाचुली वडा नम्ब र ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ को बिशेस उपस्थिती मा सो श्रीमद भागवत महापुराण सन्चालन हुने मिती सार्वजानिक गरिएको हो ।
आगामी फागुन ६ गते देखी १२ गते सम्म सन्चालन हुने उक्त श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ बिश्व शान्तिको कामना सहित मन्दिर परीसर मा निर्माण गर्न लागिएको गुरु आश्रम निर्माण सहयोगार्थ सन्चालन गरिने आयोजक ले जनाएको छ ।
उक्त बिषेस कार्यक्रम मा धार्मिक सामाजिक ब्यक्तित्व हरु का साथै पुर्व जनप्रतिनिधिहरु,वर्तमान स्थानिय जनप्रतीनिधी हरुको समेत उपस्थिती रहेको थियो भनें कार्यक्रम मा बिभिन्न ब्यक्तित्व हरुले पुराण लाई ब्यवस्थित र मर्यादित बनाउन का लागी आ आफ्नो सुझाब का साथै शुभकामना समेत दिनु भएको हो । सोही क्रममा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले पुराण सन्चालन का लागी शुभकामना दिनु का साथै स्थानिय सरकारका तर्फ बाट मन्दिर लाई थप ब्यवस्थित बनाउन का लागी आवश्यक सहयोग र सहजिकरण का लागी सधै तयार रहेको बताउनु भयो । मन्दिर संरक्षण समितीले योजना बनाए अनुरुप गुरु आश्रम निर्माण का लागी जग्गाको आवश्यक प्रकिया पुरा गरेर पालिका समक्ष आउन समेत वहाँले आग्रह गर्नु भयो ।
आगामी फागुन ६ गते देखी सन्चालन हुने महापुराण लाई अझ ब्यवस्थित बनाउन का लागी बिभिन्न जिम्मेवारी बाडफाड गर्नु पर्ने भएकाले आगामी सुक्रबार मन्दिर संरक्षण समिती को बृहत भेलाले बिभिन्न उपसमिती समेत गठन गर्ने बुझिएको छ ।

२०६३ सालमा स्थापना भएको उक्त सिद्देश्वर शिवालय मन्दिर चुलाचुली गाउपालिका कै सबैभन्दा पुरानो मन्दिर मानिन्छ । गत वर्ष मन्दिरले आफ्नो १८ औं वार्षिक उत्सब का अवसर मा १८ पुराण समेत सम्पन्न गरेको छ । हिन्दू धार्मिक तथा सास्कृतिक परम्परा अनुसार मठमन्दिर हरुमा १८ पुराण सम्पन्न पस्चात ति देवस्थल हरु धाममा परिणत हुने र गरिनु पर्ने भएकाले यतिखेर चुलाचुली को सिद्देश्वर शिवालय मन्दिरको को समेत बहस र चर्चा सुरु भएको छ । धाममा रुपान्तरण का लागी देवस्थलको भौतिक संरचना का साथै भक्तजन हरुको सहजता का लागी आवस्यक पर्ने सुबिधा हरुका साथ साथै उक्त स्थानमा धार्मिक अनुष्ठान का कृयाकलाप हरु लाई समेत बढावा दिनु पर्ने तर्कहरु अघी बढी रहेको अवस्था मा स्थानियहरुले शुभकार्य सम्पन्न गर्दा स्थानिय स्तर कै मठ मन्दिर हरु लाई प्रयोग गर्दै लगेमा त्यस्ता देवस्थल हरुको महत्व बढदै जाने र महत्व बढे संगै मठ मन्दिर आफै धाममा परिणत हुने स्थानिय हरुको भनाइ छ ।

Facebook Comments Box