दमक १ को दुर्घ’टनामा मृत्यु हुने दुवै युवकको पहिचान खुल्यो

झापाको दमक नगरपालिका वडा नं. १ स्थित बरगाछीमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छ। रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशा (दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ) जाँदै गरेको प्र.१-०१-०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मृतकहरूको पहिचान: प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ: १. प्रवेश राई (२२ वर्ष): मोटरसाइकल चालक, चुलाचुली गाउँपालिका-४, इलाम। २. जनम राई (१९ वर्ष): पछाडि सवार, चुलाचुली गाउँपालिका-४, इलाम।

दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी कारबाही: प्रहरीले टिपर चालक उदयपुर त्रियुगा नगरपालिका-९ का ३२ वर्षीय हिबराज रायलाई नियन्त्रणमा लिएको छ। ठक्कर दिने टिपर र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। हाल दुवै मृतकको शव दमक अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box