उत्कृष्ठ नतिजा का लागि बिध्यालयमा रात्रीकालिन छात्रावास ।
इलामको चुलाचुली गाउपालिका भित्र रहेका बिभिन्न बिद्यालय हरुले एस.इ.इ लक्षित सन्चालन गरेको रात्रीकालिन छात्रावासको स्थानिय तहका जनप्रतीनिधी हरुले अनुगमन गरेका छन ।
चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावती को नेतृत्व मा रहेको अनुगमन टोलीमा गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ, ३ नम्बर वडाका वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ, २ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, शिक्षा शाखा प्रमुख टंक प्रसाद खरेल रहनु भएको थियो ।
नजिकिदै गरेको एसइइ परिक्षा मा उत्कृष्ट नतिजा निकाल्न का लागी नियमित कक्षाको पठनपाठन ले मात्रै पर्याप्त नभएको र अतिरिक्त कक्षाहरु सन्चालन गर्नुपर्ने देखिएकाले बिद्यार्थी ,अभिभावक ,बिद्यालय ब्यवस्थापन तथा स्थानिय सरकार लगायत को सर्वपक्षिय छलफल पश्चात चुलाचुली गाउपालिका का ३ वटा बिद्यालयहरु श्री जनता माध्यमिक बिद्यालय चुलाचुली २,श्री किरातेश्वर माध्यमिक बिद्यालय चुलाचुली ३ र श्री राष्ट्रप्रेमी माध्यमिक बिद्यालय चुलाचुली ६ मा यस्ता अतिरिक्त कक्षा सन्चालन गरिराखिएको छ ।
अस्थाइ छात्रावासको रुपमा रहेको उक्त अतिरिक्त कक्षा हरु बेलुका सन्चालन हुने र विद्यार्थी हरुलाई खान बस्न बिद्यालय मै प्रवन्ध गर्ने गरिछ जुन सन्चालना को लागी आवस्यक पर्ने आर्थिक ब्यवस्थापन अभिभावक ,बिद्यालय ब्यवस्थापन र स्थानिय सरकार तिनपक्षले गरेको पाइएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक बिद्यालय बाट यस पटकको एस इ इ मा १६ छात्र र २३ जना छात्रा गरि जम्मा ३९ बिध्यार्थि सहभागी हुँदैछन यि विद्यार्थी हरुलाई गत मंसिर १३ गते देखी बिद्यालय मै राखिएको छ । त्यही पढाइन्छ त्यही खाना पिना र बस्न को समेत प्रवन्ध गरिएको छ जस बापत अभिभावक बाट मासिक १० हजार रुपैया ले रकम लिइने गरिएको छ । नियमित पठन पाठन पस्चात साझ ६ बजे देखी पुन: सुरु हुन्छ उनिहरुको अतिरिक्त पढाइ । उक्त बिद्यालयले गत वर्ष पनि यस्तै अतिरिक्त कक्षा सन्चालन गरेको थियो र फलस्वरुप एस इ इ मा सो बिद्यालय जिल्लाकै उत्कृष्ठ बनेको थियो ।सोही बिद्यालय को सिको गर्दै यस पटक चुलाचुली ३ को किरातेश्वर मा बि र ६ नम्बर वडाको राष्ट्रप्रेमी मा बि ले समेत उक्त अतिरिक्त कक्षाहरु सन्चालन गरिरहेका छ । रात्रीकालिन छात्रावास अनुगमनका क्रममा बिध्यार्थी हरुलाइ उत्प्रेरणा दिदै चुलाचुलि गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावतिले यो तपाईं बिध्यार्थी भाइ बहिनी हरुको गोल्डेन लाइफ हो छात्रावासमा बस्दा केही झिनामसिना समस्या हरु आइपर्यो भने पनि त्यसलाइ सहज रुपले तपाईं हरुले लिनु पर्दछ , अभिभावक बिध्यालय तथा स्थानिय तहले तपाइहरुको उज्वल भबिश्यको चिन्तन गर्दै यो होस्टेल सन्चालन गरेको हो भन्नू भयो । त्यसैगरी किरातेश्वर मा बि मा अद्यनरत छात्रा कृतिका घिमिरेले आफुहरुलाइ खानेपानीमा केही समस्या हुनुका साथै कक्षाकोठामा झ्यालहरु खुल्ला भएकाले रातमा चिसो हुनेगरेको गुनासो सुनाउनु भयो ।
उक्त अनुगमनका क्रममा बिधार्थी हरुको हौसला तथाउत्प्रेरणाका लागि अभ्यास पुस्तिका समेत बितरण गरिएको थियो ।
