कुशेडाँडा मा प्रकृती सँग साहित्य
देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित निङ्कोक्मा (कुशेडाँडा) पर्यटकिय स्थलमा मा प्रकृती सँग साहित्य कार्यक्रम हिजो माघ २४ गते सनिवार सम्पन्न भएको छ ।
बिगत १ वर्ष देखी निरन्तर श्रमदान मार्फत उक्त क्षेत्रको संरक्षण तथा बिकासमा अघाडी बढिरहेको निङ्कोक्मा पर्यटकिय स्थल संरक्षण समितीले आयोजना गरेको श्रमदानको वार्षिक उत्सब कार्यक्रम सँगै प्रकृती सँग साहित्य कार्यक्रम सन्चालन गरिएको हो ।
निङ्कोक्मा पर्यटकिय स्थल संरक्षण समितिका संयोजक दिलिप खजुम को अध्यक्षता तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता का साथै गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती को विशिष्ठ आतिथ्यता र चुलाचुली गाउपालिका अन्य जनप्रतीनिधी ,समाजसेवी, बुद्धिजिवी, साहित्यिक सर्जक लगायत स्थानिय हरुको उपस्थिती मा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानिय पर्यापर्यटन लाई दिगो बिकास र संरक्षण गर्नका लागी स्थानिय बासी हरुकै पहिलो भूमिका हुने र यस्ता क्षेत्र हरुको बिकास भए संगै पहिलो फाइदा पनि स्थानिय हरुलाई नै हुने भएका ले उक्त क्षेत्रका युवाहरु सो स्थानलाई ब्यवस्थित र पर्यटक हरुको रोजाइको स्थल बनाउनका लागी जुटेको र प्रकृति,साहित्य जस्ता अन्तर सम्बन्धित बिषय हरुलाई एकै स्थानमा रहेर सुन्ने तथा अवलोकन गर्ने सस्कृतिको बिकास गर्नु कार्यक्रम को मुख्य उद्धेश्य रहेको पाइएको छ ।
कार्यक्रममा पुर्वका चर्चित २० जना साहित्यिक श्रष्टा हरुको रचना प्रस्तुत हुनुका साथै उक्त क्षेत्रको ब्यवस्थापन कार्यमा श्रमदान गर्ने र श्रमदान कार्यमा बिभिन्न पक्षबाट सहयोग गर्नुहुने महानुभाब हरु लाई सम्मान समेत गरिएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले चुलाचुली गाउपालिका को स्थानिय सरकार ले भाषा साहित्य लाई बिषेश महत्व का साथ हेरेको र आगामी दिनमा यस्ता क्षेत्र हरुको बिकास र संरक्षण तथा प्रवर्द्धन का लागी आवस्यक कदम चाल्ने बताउनु भयो । वहाँले थप्नु भयो चुलाचुली गाउपालिका स्थानिय सरकारले स्थानिय पर्यटकिय स्थल हरुको संरक्षण र बिकासका लागी गुरु योजना बनाएर अघाडी बढेको र निङकोक्मा डाँडाका लागी समेत आवस्यक सहयोग गर्ने बताउनु भयो ।

चुलाचुली गाउपालिका वडा नम्बर १ को आर्थीक सहयोगमा सन्चालित सो प्रकृती सँग साहित्य कार्यक्रमको यो दोश्रो शृङ्खला रहेको र स्थानिय वडाले अघिल्लो शृङ्खला समेत सोही स्थानमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम लाई थप मनोरन्जनात्मक बनाउन का लागी स्थानिय सस्कृती झल्कने केलाङ नाच का साथै शिवज्योती आधारभुत बिद्यालयका विद्यार्थी हरुले लिम्बु सस्कृती झल्कने सास्कृतिक नाच प्रस्तुत गर्नु भएको थियो भनें उक्त कार्यक्रम लाई चर्चित साहित्यकार बिवश बलिभद्र कोइराला ले सन्चालन गर्नु भएको हो । साथै उक्त निङ्कोक्मा पर्यटकिय स्थलको बिकास र संरक्षण का लागी स्थानिय सरकारका प्रमुख उपप्रमुख, बिभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य ,वडा सदस्यहरु लाई संयुक्त रुपमा सो क्षेत्रको संरक्षण समितीले ज्ञापन पत्र समेत बुझाएको छ ।
निङ्कोक्मा पर्यटकिय स्थल लाई स्थानिय हरुले कुसेडाडा समेत भन्ने गरेको पाइएको छ । बस्ती बाट झन्डै एक किलोमिटर माथी बिशाल बर को रुख रहेको र सोही स्थान लाई मुख्य दृस्यावलोकन को स्थान बनाउदै पर्यटकिय स्थलको बिकास मा लागेको निङ्कोक्मा डाडा बाट चुलाचुली गाउपालिकाको साथै झापाका बिभिन्न स्थान हरुको समेत सुन्दर दृस्यअवलोकन गर्न सकिन्छ ।
