मनोविमर्शकर्ता महासंघ, नेपालको प्रथम अधिवेशन बिहीबार बिराटनगरमा सम्पन्न भएको छ । अधिवेशनले इलामको सन्दकपुरका रुद्र थेबेलाई कोशी प्रदेश अध्यक्षमा चयन गरेको छ । महासंघको उपाध्यक्षमा मञ्जिता उपाध्याय, त्यसैगरी सचिवमा इलामकै चुलाचुली का मणि कुमार केरुङ र कोषाध्यक्षमा जानुका कार्की निर्विरोध चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा प्रदीप पुरी, गीताञ्जली शर्मा, कविता मण्डल र पूजा भण्डारी चयन भएका छन् । पहाडी क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना सदस्य भने हाल अनुपस्थित रहेकाले कार्य समितिले पछि चयन गर्ने जनाएको छ ।

अधिवेशन तथा तेस्रो भेलाको उद्घाटन सामाजिक विकास मन्त्री रामप्रसाद मेहत्ताले गरेका थिए । सो अवसरमा उपाध्यक्ष मञ्जिता उपाध्यायले मनोविमर्शकर्ताहरूका समस्या, चुनौती र अवसरसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

सचिव मणि केरुङले भेलाको उद्देश्य, औचित्य, महत्व तथा गतिविधिबारे सांगठनिक प्रतिवेदन पेश गरेको महासंघले जनाएको छ । अधिवेशनमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। यदुचन्द्र घिमिरे र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box