देवेन्द्र पौडेल, चुलाचुली/प्रतीनिधी सभा सदस्यको निर्वाचन नजिकिए सँगै इलाम जिल्लामा बिभिन्न राजनितिक दलहरु परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गर्नेको लहर बढेको छ ।
सामान्य नागरिक देखी बिभिन्न राजनितिक दलका सकृय कार्यकर्ता मात्रै नभएर बिभिन्न राजनिती दलबाट निर्वाचित जनप्रतीनिधी हरु समेत पुराना राजनितिक दलहरुलाई परित्याग गर्दै एमाले मा प्रवेश गरिरहेका छन ।
लोकतन्त्र को उन्नत राजनितिक दल,बिकासप्रेमी र सर्वप्रिय पार्टी नेकपा एमाले मात्रै भएको र देशलाई दिर्घकालिन रुपमा संकट बाट सहजता मा अवतरण गराउनका लागी नेकपा एमालेलाई समर्थन गर्नुपर्ने नवप्रवेशी हरुको भनाइ छ ।
राजनितिक पार्टी भनेको साधन मात्रै हो साध्य हैन अहिलेको अवस्था मा देशलाई सही दिशामा पुर्याउने साधन भनेको नेकपा एमाले मात्रै हो भन्नुहुन्छ भर्खरै जसपा नेपाल लाई परित्याग गरेर नेकपा एमाले मा प्रवेश गर्नुभएका इलामको माङसेबुङ गाउपालिका का उपाध्यक्ष बिनोद कुमार नेम्वाङ्ग । जसपा नेपालको केन्द्रिय समितीमा रहेर काम गरिरहदा जनता समाजवादी पार्टी नामक साधनले नेपाल लाई सही गन्तब्य मा नपुर्याउने भयो नेपाली जनताको बिकास र सम्बृद्धीको चाहना लाई सार्थकता नदिने भयो भनेर उक्त जसपा नामक साधन लाई छोडेर नेकपा एमाले मा प्रवेश गरेको उनको भनाइ छ ।
नेम्वाङ ले स्थानिय तह निर्वाचन २०७९ मा इलामको माङसेबुङ गाउपालिकाको उपाध्यक्ष पदमा नेकपा एमाले कि उम्मेद्वार सुनिता सुब्बा लाई पराजित गरेका थिए ,नेम्वाङ ले ३७२९ मत ल्याउदा उनकी प्रतिद्वन्दी सुनिता सुब्बा ले ३०४६ मत प्राप्त गरेकी थिइन ।


नेम्वाङ मात्रै हैन यतीखेर एमालेमा प्रवेश गर्ने पङ्ती मा माइजोगमाइ गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम घिमिरे पनि रहेका छन । गत २ दिन अघाडी झापाको दमकमा नेकपा एमाले का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ मा उम्मेद्वार समेत रहेका केपी शर्मा ओलिले उनै वडाध्यक्ष घिमिरे लाई आफ्नो पार्टी मा स्वागत गरेका हुन । राम घिमिरे ले स्थानिय तहको निर्वाचन २०७९ मा माइजोगमाइ गाउपालिका वडा नम्बर ३ को वडाध्यक्ष मा नेपाली काँग्रेसका तर्फबाट ८ सय ६५ मत ल्याउदै बिजयि बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार बिर बहादुर देवानले ६ सय १५ मत ल्याएर पराजित भएका हुन ।
त्यसैगरी हाल नेकपा तथा तत्कालिन नेकपा माओबादी केन्द्र का माङसेबुङ गाउपालिका अध्यक्ष पृथिमान जवेगुले समेत पार्टी परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका हुन । पछिल्लो समय इलाममा नेकपा एमाले मा प्रवेश गर्नुको मुख्य कारण इलाम क्षेत्र नम्बर २ का उम्मेद्वार सुहाङ नेम्वाङ को इमान्दारिता,लगनशिलता र जनता प्रती उत्तरदायीपन पनि एउटा मुख्य कारण रहेको जानकार हरु बताउछन । इलाम जिल्ला लाई बिगतमा मतदाता हरुले बारबार एमाले कै उम्मेद्वारहरु लाई बिजयि बनाउदै नेकपा एमालेको लाल किल्ला बनाइरहदा पनि जनभावना अनुरुप काम नभएको एमाले जनको स्विकारोक्ती रहदा रहदै पनि पछिल्लो समय मतदाता हरुको एमाले प्रतिको आकर्षण बढनु आगामी निर्वाचन मा तय गरिएको उम्मेद्वार प्रतिको बिश्वास र भरोसा हो भन्ने आकलन गर्न सकिने स्थानिय राजनितिक बिश्लेसक हरुको भनाइ छ ।

अगामी फागुन २१ गतेको प्रतीनिधी सभा सदस्यको निर्वाचन मा इलामको क्षेत्र नम्बर १ मा नेकपा एमाले,नेपाली काँग्रेस तथा नेकपा बिच मुख्य रुपमा त्रीपक्षिय भिडन्त हुँदैछ भने चुनावी मैदान रास्वपा समेत कम्मर कसेर लागिपरेको पाइएको छ । त्यसै गरी सो निर्वाचन क्षेत्रमा श्रम सस्कृती पार्टी,मंगोल नेशनल अर्गनाइजेशन लगायत का १३ राजनितिक दलहरु चुनावी मैदानमा उत्रीएका छन ।
उता इलामको एमालेको लालकिल्ला भनेर चिनिने क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ र नेपाली काँग्रेश का भेषराज आचार्य बिच मुख्य भिडन्त हुने देखिएको छ । दर्विलो संगठित मत रहेको एमालेका लागी इलाम २ मा यस पटक भनें नयाँ राजनितिक दलहरु मुख्य चुनौतीका रुपमा रहेका छन । संगठन परित्याग नगरेता पनि मत परिवर्तनको सम्भावना ले सशंकित बनेको एमालेको प्रतिकुलता लाई अनुकुलता मा परिणत गर्न नेपाली कांग्रेस अन्तिम लडाइ लडिरहेको अवस्थामा जनताले कसलाई बिजयि गराउनेछन त्यो भने आगामी फागुन २१ पछी मात्रै टुङ्गो लाग्नेछ ।

Facebook Comments Box