इलाम दुइमा सुहाङ का नौ संकल्प,युवा लाई स्टार्टअप कोर्ष
देवेन्द्र पौडेल,चुलाचुली/प्रतीनिधी सभा सदस्यको निर्वाचन नजिकिए सँगै देशैभरी चुनावी सारगर्मिता बढेको छ । मतदाता माझ दलिय प्रतिवद्धता का साथै उम्मेद्वारहरु को आ-आफ्नै बाचापत्र र प्रतिवद्धता पत्र लिएर राजनितिक दलका कार्यकर्ता,उम्मेद्वार तथा चुनावी प्रचार प्रसार टोली गाउबस्ती का घरदैलो सम्म पुग्ने क्रम बढदो छ ।
पछिल्लो समय चुनावी प्रतीष्पर्धा का दृष्टिकोणले इलाम जिल्लाको क्षेत्र नम्बर २ लाई निक्कै महत्वका साथ लिने गरिएको छ । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन पश्चात २०८१ साल बैशाख १५ गते सम्पन्न भएको उपनिर्वाचन देखी नै निक्कै चर्चामा रहेको इलाम को २ नम्बर क्षेत्र यसपटक पनी उत्तिकै चर्चामा रहेको छ । उक्त उपनिर्वाचन मा नेकपा एमाले का तर्फ बाट बिजयि बनेका सुबास नेम्वाङ पुत्र सुहाङ नेम्वाङ पुन दोश्रो कार्यकालका लागी यसपटक पनी चुनावी मैदानमा छन ।
२० ज्ञारेन्टी र ४ संकल्प सुशासन,बिकास,सम्बृद्धी र समानता सहित चुनावी मैदानमा उतृएको नेकपा एमालेले इलामको क्षेत्र नम्बर २ मा तयार पारेको उम्मेद्वार सुहाङ नेम्वाङले आफ्नो क्षेत्रमा उत्पादन भएका कृषी उपजहरु लाई अन्तराष्ट्रीय बजारमा पुर्याउन पहल गर्ने लगायतका आफ्ना नौ संकल्प मतदाता हरु माझ जाहेर गरेका छन । उपनिर्वाचन पश्चात १६ महिने आफ्नो कार्यकालमा सुरु गरिएका कामहरु लाई निरन्तरता दिदै थप कामहरु गर्ने प्रतिज्ञा गरेका छन । उनले जारी गरेको संकल्प पत्र अनुसार इलाममा उत्पादन गरिने उत्पादन हरुको बजार बिस्तार र बिकासका लागी बिदेशी ब्यापारी र बिज्ञ हरुसँग समन्वय गरिने जनाएका छन त्यसै गरी उनको संकल्प पत्र अनुसार जिल्लाका पश्चिमी पालिकाहरु फाकफोकथुम ,देउमाइ,चुलाचुली लगायतका क्षेत्रमा १५ सैयाको अस्पताल निर्माण गरिनुका साथै इलाम अस्पतालको क्षमता बृद्धी गरिने बताएका छन । त्यस्तै मेची राजमार्ग र मदन भण्डारी राजमार्गको स्तरउन्नती गर्नुका साथै केचना कन्चनजंघा राजमार्ग लाई राष्ट्रीय राजमार्ग बनाउने समेत उल्लेख छ । राइ,लिम्बु लगायत किराँती समुदायको भाषा सस्कृती र मुन्धुमी सम्पदाको संरक्षण गर्नका लाई बिषेस कार्य गर्नुका साथै क्याम्पस र कलेज हरुमा आइटी र रोजगार मुलक शिक्षाको बिकास गर्नका लागी आवश्यक पहल गरिनुका साथै युवाहरुक उल्लेख छ ।
ईलाम को क्षेत्र नम्ब र २ मा ३ नगरपालिका तथा ३ गाउपालिका का ४२ वटा वडा हरु मा ७९ वटा मतदान स्थल मार्फत १ लाख १९ हजार ४ सय ८९ जना मतदाता हरुले मतदान गर्नेछन ।
