इलाम को घर घरमा मतदाता शिक्षा
मनुशा पौडेल चुलाचुली/इलामको क्षेत्र नम्बर २ मा मतदाता शिक्षाका लागी टोल-टोल,घर-घर खेतमा महिला स्वास्थ्य स्वयम सेविका हरु पुग्न थालेका छन ।
उक्त निर्वाचन क्षेत्रका हरेक वडामा एक एक जना महिला स्वास्थ्य स्वयम सेविका मतदाता शिक्षा का लागी खटाइएको छ । इलाम को निर्वाचन क्षेत्र नम्बर २ मा ४२ जना स्वास्थ्य स्वयम सेविका हरुलाई मतदान गर्न मतदाता हरु लाई सहज होस भनेर टोल घर घरमा मतदाता शिक्षाका लागी खटाइएको निर्वाचन कार्यालय इलाम ले जनाएको छ । मतदाता शिक्षामा चुनाव चिह्नमा छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने र कसरी बाकसमा खसाल्ने जस्ता कुरा मतदाता शिक्षामा सिकाउने गरिन्छ । मतदाता शिक्षा दिँदा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिलगायतका लागि भएको सुविधाबारे समेत मतदाता शिक्षामा सिकाउने गरिएको छ । त्यसै गरी निराश भएर मतदान गर्न नचाहने मतदातालाई मतदानको महत्व बुझाई मतदान गर्न उत्प्रेरित गर्ने गरिएको छ ।
इलाम को चुलाचुली गाउपालिका वडा नम्ब र ४ कि महिला स्वास्थ्य स्वयंसेविका पबी लिम्बुले मतदाता जहाँ भेटिन्छन् त्यही मतदाता शिक्षा दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतबारी होस् कि काम गर्ने स्थान, विद्यालयमा र मानिस जम्मा हुने जुन ठाउँ भए पनि मतदाता शिक्षा दिने गरेकी छु ।” उहाँका अनुसार कतिपय स्थानमा बिहान र बेलुका मात्र मतदाता घरमा भेटिने गरेका छन् । निर्वाचन आयोगले मतदाता बढीभन्दा बढी मतदानमा सहभागी होऊन् र कमभन्दा कम सङ्ख्यामा मतपत्र बदर होस् भनेर मतदाता शिक्षा दिने गरेको छ । २०७९ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा इलामको क्षेत्र नं. २ मा ६४ प्रतिशत मतदाताले मतदान गरेका थिए । जसमध्ये ६.१५ प्रतिशत मत बदर भएको थियो । २०७९ सालको निर्वाचनमा देशभरबाट पाँच प्रतिशत मत बदर भएको थियो ।
