देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ मा निर्वाचन आचारसंहिता पुर्ण पालनाका लागी ठुला दुइ राजनितिक दलहरु सहमत भएका छन ।
चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बबिन राइको बिषेस पहलमा आज एक बिषेस भेलाको आयोजना गर्दै वडामा सकृय रुपमा रहेका दुइ राजनितिक दलहरु नेकपा एमाले र नेपाली काँग्रेसका वडा स्तरिय पार्टी नेतृत्व तथा निर्वाचन परिचालन समितीका सदस्यहरु बिच निर्वाचन लाई स्वच्छ,मर्यादित र भयरहित बनाउनका लागी राजनितिक दलहरुले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता लाई पुर्ण रुपमा पालना गर्ने सहमती का साथ संयुक्त रुपमा प्रेश बिज्ञप्ती जारी भएको छ ।
वडा कार्यालय चुलाचुली ५ ले जारी गरेको निर्वाचन आचारसंहिता पालना सम्बन्धी अपिल बमोजिम वडामा कृयासिल दुइ राजनितिक दल हरुले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतीनिधी सभा सदस्यको निर्वाचनमा वडा नम्बर ५ मा रहेका दुइ वटा मतदान केन्द्र हरु भानु मा.बि. बुकुवा र बांझोगाउ मा.बि. शिखरकटेरी आसपास मा कुनै प्रकारका भोजभतेर र खानपानको आयोजना नगर्ने नगराउने साथै निर्वाचन लाई स्वच्छ,निष्पक्ष र मैत्रीपुर्ण बनाउनका लागी आपसी सदभाब कायम राख्दै नेपालको संविधान र लोकतान्त्रीक अभ्यासको संरक्षण गर्ने सहमती भएको छ ।
सहमती भएका बुदाहरु कार्यन्वयन का लागी अन्य राजनितिक दल हरुलाई समेत अनुरोध गर्ने र यदी कसैले आचारसंहिता को उल्लङघन गरेमा पुर्ण रुपमा प्रतिवाद गर्ने र नियमानुसार कानुनी कारवाही को दायरा मा समेत ल्याउने प्रतिवद्धता मा उल्लेख छ । उक्त सहमती पत्रमा नेपाली कांग्रेस का तर्फबाट वडा सभापती नेत्र बास्कोटा का साथै वडा सचिब डेनी राइ र वडा सदस्य डाकालसिंह आङदेम्वे रहनु भएको छ भने नेकपा एमाले का तर्फबाट वडा कमिटी अध्यक्ष इश्वर बिश्वकर्मा,वडा कमिटी उपाध्यक्ष बल बहादुर राइ गोपाल वडा सचिब मिलन खनाल का अलवा वडा निर्वाचन परिचालन कमिटी संयोजक लक्ष्मी प्रसाद न्यौपाने र नेकपा एमाले गाउकमिटी सदस्य बुद्धी प्रसाद सम्वाहाम्फे को उपस्थिती रहेको थियो ।
सहमती पश्चात एमाले वडा कमिटी अध्यक्ष इश्वर बिश्वकर्माले हामी राजनितिक दलका कार्यकर्ता हरुलाई लाग्दै आएको मासु भाते भन्ने ट्याग चिर्नका लागी यो सहमती गरेका छौ भन्नु भयो । त्यसै गरी नेपाली काँग्रेस का वडा सभापती नेत्र बास्कोटाले उम्मेद्वार ले छुट्याएको बुँथ खर्च एकदमै अनुत्पादक रहेको र यो रकम अन्य सामाजिक कार्यमा लगाउन सुझाब दिने निर्णय सहित यो सहमती गरिएको बताउनु भयो ।
सहमती पश्चात उक्त वडाका वडाध्यक्ष ले दुइ राजनीतिक दल भन्दा अन्य राजनितिक दलहरु समेत यो सहमतीमा आउन समेत अनुरोध गर्नु भयो, यदी कसैले यो सहमती लाई उलङ्घन गरेमा निर्वाचन आचारसंहिता उलङ्घन बमोजिम कानुनी कारवाही समेत गरिने जानकारी दिनुभयो ।
इलामको प्रतीनिधी सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने चुलाचुली गाउपालिका को वडा नम्बर ५ मा दुइ वटा मतदान स्थल मा तीन वटा मतदान केन्द्र रहेका छन । भानु मा,बि, मतदान स्थल मा १ हजार ५ सय ९१ जना तथा बाँझोगाउ मा.बि.मतदान स्थल मा ८ सय ९९ गरी कुल २ हजार ४ सय ९० जना मतदाता रहेका छन ।

Facebook Comments Box