राजकुमार ईशारा-
१० फागुन, फालेलुङ। पाँचथर जिल्लाको फालेलुङ ५ फेङ्लिटारमा बिरमती तामाङ्को घर आगलागी बाट जलेर नस्ट भएको छ ।

फागुन ८ गते साँझ करिव ७ बजेर ३० मिनेटको समयमा अचानक घरको भान्साबाट आगलागी सुरु हुदा भान्सा घर सहित मुल घर समेत जलेर खरानी भएको छ।

आगलागीको समयमा बिरमतीको छोरा छोरीहरू घरबाहिर रहेको साथै तामाङ पनि बिरामी भएको कारण सुतिसकेकोले किचन सल्केर आगो फैलिसक्दा मात्र अागलागी भएको थाहा पाएको स्थानिय समाजसेवी विलियम राईले बताएका छन्।

स्थानीयवासीहरुको सक्रियतामा अागाो नियन्त्रण  भएको थियो। आगलागी पछी स्थानिय क्लव हेवेन्ली युवा क्लवको अगुवाईमा टहरो निमार्ण  गरि पिडीत परिवारलाई  स्थानिय समाजसेवीको सहयोगमा पहिलो चरणको  ब्यावस्थापन भईरहेको कल्वका अध्यक्ष  सरन राईले जानकारी गराएका छन् ।

आगलागी पछि  पिडित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खाद्यान्न जस्ता सामाग्री पहिलो चरणको बितरण गरीसकेको फालेलुङ ५ का वडा अध्यक्ष  भरत कुमार खपाङ्गीले बताएका छन् भने थप राहत वडा र पालीकाबाट पहल गर्ने पनि वडा अध्यक्ष  खपाङ्गी बताएका छन् ।

आगलागी घरमा बिधुत सट भएर भएको हुन सक्ने प्राङ्बुङ प्रहरी चौकीका शिबशंकर ठाकुरले बताएका छन्।

 भान्सा घर र काठको दुईतले मुल घर जलेपछी घरमा भएका नगद, गरगहना, लत्ता कपडा अन्नपात, अत्यावश्यक  कागजात  जलेर नस्ट  भएको छ। आगलागीमा २० लाख बराबरको क्षति भएको असई ठाकुर बतनएका छन्।

पिडित तामाङ वरिवारको घरमुली धन बहादुर तामाङको ४ महिना अघि मात्र मृत्यु  भएको थियो। हाल परिवारमा पिडित तामाङ सहित ३ छोरा र ३ छोरी रहेका छन्।

आगलागी पछि तामाङलाई आफ्नो र छोरा छोरीहरूको दैनिक गुजारा देखि उनिहरूको शिक्षा कसरी अगाडि बडाउने भन्ने चिन्ता बड्न थालेको छ।

Facebook Comments Box