फालेलुङ गा.पा.मा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न
फालेलुङबाट राजकुमार ईशाराको रिपोर्ट-
१२ फागुन, फालेलुङ। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा पाँचौ अन्तर विध्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
फालेलुङ गाउँपालिका वडा नं ८ अंशुभञ्याङ स्थित श्री सिंह सिद्ध माध्यमिक विधालयको खेल मैदानमा फागुन ७ गते देखि ९ गते सम्म राष्ट्रपति रनिङ शिल्डको जिल्ला छनौट खेलहरु सन्चालन भएको थियो ।

उक्त खेलहरुमा रनिङ शिल्डमा पुरुष महिला भलिवल, दौड, हाईजम्प, लङ्जम ,त्रिपलजम्प जस्ता खेलहरु समावेश गरिएको थियो ।
छनौट खेलमा फालेलुङ गाउँपालिकाका १२ वटा विधालयहरुले सहभागिता जनाएका थिए ।
फालेलुङ गाउँ पालिका भित्रका विधालयहरुलाई विधालय स्तरिय पाचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिएको श्री सिंह सिद्ध माध्यमिक विधालयका प्रधानाध्यापक राजेन्द्र केरुङले जानकारी गराउनु भयो।

राष्ट्रपति रनिङ शिल्डमा ३ स्वर्ण ६ रजत र ३ कास्य सहित १२ पदक जितेर श्री सिद्धदेवी मा वि फालेलुङ ७ सिदिनले शिल्ड हातपरेको छ भने ३स्वर्ण, ५ रजत र ३ कास्य गरेर ११ पदक सहित सिंह शिद्द मा वि दोस्रो भएको छ। त्यस्तै तेस्रो स्थान सरस्वती मा वि मच्छेबुङले ३स्वर्ण ३ रजत २कास्य सहित ८ पदक हासिल गरेको थियो।
खेललाई राष्ट्रिय भलिबल खेलाडी रेफ्री नवीन रिजालले सन्चालन गर्नु भएको थियो ।
समापन कार्यक्रमको अध्यक्षता सिंह सिद्ध मा. वि.विधालय ब्यावस्थापन समितिका अध्यक्ष चन्द्र माङ्मुको अध्यक्षतामा प्रमुख अतिथि फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङ विषेश अतिथि फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जवेगु फालेलुङका प्रमुख प्रशासाकीय प्रमुख डम्बर बहादुर आङ्देम्बे फालेलुङ गाउँपालिकाका सबै विधालयका प्रधानाध्यापक हरुको उपस्थित रहेको थियो ।
साथै आगामी बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेमेङ मा विले सन्चालन गर्ने निर्णय भएको थियो। सोही अनुसार आगामी बर्षको आयोजकलाई यो बर्ष को आयोजक सिंह सिद्ध मा विले प्रतियोगिता आयोजनाको झन्डा हस्तान्तरण गरिएको थियो।
