१ नं. प्रदेश प्रमुख खापुङद्वारा केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तक चर्चाको समुद्घाटन
३० पौष, बिराटनगर। १ नं. प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तक चर्चाको समुद्घाटन गर्नुभएको छ ।
समुद्घाटन गर्दै प्रदेश प्रमुखज्यूले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताउनुभएको छ । मानिस र मानिसहरूले बनाएको समाजमा मात्र नभएर पशुपंक्षी, जीवहरूलाई सङ्गीतले एकत्रित पार्ने कुरामा प्रदेश प्रमुखज्यूले जोड दिनुभयो । “त्यो सङ्गीत साधना जोडिएको संस्थाले मलाई पनि जोडिने मौका दिएर धेरै कुरा सिक्ने मौका दिलाएको छ ।” प्रमुखज्यूको थप भनाई थियो ।
सङ्गीत प्रतिष्ठानको आयोजनामा रहेको ‘माधवी ओ माधवी’ पुस्तकको चर्चामा कवि चन्द्र घिमिरे र मिडिया अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष तृष्णा आचार्य वक्ताका रूपमा रहनुभएको थियो । त्यसैगरी रङ््गकर्मी प्रज्वल पराजुलीले लेखक केशव दाहालसँग वार्तालाप गर्नुभएको थियो ।
कार्यक्रममा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृत खापुङ, वराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाल, साहित्यकार प्राडा. बद्रिविशाल पोखरेल समेतको उपस्थिति रहेको थियो ।
‘सङ्गीत उत्सव –२०७९’ कै रूपमा शुरु भइको कार्यक्रम आज पुस ३० बाट शुरु भई माघ ८ गतेसम्म चल्नेछ ।
