सन्तोष गिरी
असोज १२,चुलाचुली/ झापाको दमकमा भएको चक्कु प्रहार बाट चुलाचुली ३ पेल्टिमारीका ३८ बर्षिय गोबिन्द लिम्बूको मृत्यु भएको छ ।

दमक १ स्थित कुमाल चौक रुबल माछा फ्राईमा शुक्रवार बिहान ३ बजे भएको साथी-साथीको झगडामा छुट्याउने क्रममा लिम्बूको घाटिमा गहिरो चक्कु प्रहार भएको थियो ।

घटना घटेको होटल साहु लगायत घटनामा संलग्न ६ जनालाई अनुसन्धानको लागि दमक प्रहरीले हिरासतमा लिएको छ भने थपको खोजी क्रम जारी रहेको छ ।

पक्राउ पर्नेमा चुलाचुली ४ का सन्दिप राई,चुलाचुली ३ का सुर्य केरुङ लगायत रहेको स्थानिय राम प्रसाद राईले जानकारी गराए । पक्राउ पर्नेहरुको भनाई अनुसार चक्कु प्रहार गर्ने दमक ७ का सनम राई रहेको जानकारी प्राप्त भएको छ ।

मृतकको पोष्टमार्टम भइ सकेता पनि घटनाको सत्यतथ्य बाहिर नआए सम्म र अपराधीले सजाय नपाए सम्म अन्तिम संस्कार नगर्ने मृतकका परिवारका भनाई छ । मृतकको शब दमक अस्पताल दमकमा पोष्टमार्टम भएको हो ।

बिहिवार राती नै देखि मृतक लिम्बू लगायत लगभग १२ जनाको टोलि मद्यपान सेवनमा थिए । झगडाको बिषय भने अहिले सम्म पत्ता लागेको छैन ।

घटनाको तिब्र रुपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन ।

बिहिवार राती नै देखि मृतक लिम्बू लगायत लगभग १२ जनाको टोलि मद्यपान सेवनमा थिए । झगडाको बिषय भने अहिले सम्म

Facebook Comments Box