देवेन्द्र पौडेल,इलाम टाइम्स चुलाचुली /इलाम को चुलाचुली वडा नम्बर ४ मा रहेको पाथिभरा बचत तथा ॠण सहकारी सस्था को पाँचौ अधिवेशन पश्चात हिजो सन्चालक समितिले विभिन्न उप समितीहरु गठन गर्दै पहिलो बैठक सम्पन्न गरेको छ ।

सस्था का अध्यक्ष श्री पदम केशर लिम्बू को अध्यक्षतामा हिजो असोज १२ गते सुक्रबार सस्था कै सभाहलमा सम्पन्न उक्त पहिलो बैठकमा विभिन्न ५ वटा उपसमिती का सओजक तथा सदस्य हरु मनोनित गरिएको छ । जस अन्तर्गत बेदनिधी भट्टराइको संयोजकत्व मा ॠण उप समिती गठन गरिएको छ जसका सदस्य हरु कालुराम राई र अर्जुन घिमिरे रहनु भएको त्यस्तै हेमराज पौडेलको संयोजकत्वमा धितो मुल्याङकन समिती गठन गरिएको छ जसको सदस्य हरुमा राजकुमार राई र ओ मनाथ ढकाल रहनु भएको छ ।

त्यसरिनै शिक्षा उप समिती को संयोजक दिनेस पौडेल र सदस्य हरुमा मिना थापा र खिनिमाया सुनुवार रहनु भएको जानकारी प्राप्त छा । त्यस्तै इश्वरा निरौला , खडानन्द न्यौपाने र गणेश बहादुर कार्की को अनुगमन समिती बनाइएको छ । साथै हिजोकै बैठकले ३ सदसिय सल्लाहकार समिती पनि गठन गरिएको छ जसमा नर बअहादुर लावती , चेत प्र न्यौपाने र निर्मला दहाल लाई सर्वसम्मत मनोनित गरिएको हो ।

२०६३ सालमा साबिक चुलाचुली गा बि स लाई कार्यक्षेत्र बनाइ स्थापना भएको पाथिभरा सहकारि को हालसम्म ८ सय बढी शेयर सदस्य रहेका छन भनें गत असोज ६ गते सम्पन्न १६औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेसन बाट ४ वर्ष कार्यकालको लागि नयाँ सन्चालक समिती चयन भएको छ ।

Facebook Comments Box