देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/पछिल्लो समय इलामको चुलाचुली गाउपालिका भित्र बिभिन्न सामाजिक कृयाकलाप सम्पन्न गर्न श्रमदान गर्ने प्रचलन बढेको छ ।

श्रमदान गर्ने चलन चुलाचुली मा निक्कै पुरानो भएता पनि पछिल्लो समयका युवा पिढी हरुको जिवनशैली अत्यन्तै ब्यस्त भएकाले यस्तो कार्य छाँयामा पर्दै गएको देखिन्छ । बिगत २०५०/५५ सालतिर चुलाचुली गाउपालिकामा जे सि भि, स्काभेटर प्रयोग गर्ने चलन थिएन र चुलाचुली गाउपालिका भरी रहेका सम्पुर्ण बाटाहरुको ट्र्याक जनश्रमदान मार्फत नै खोलिएको हो । केहि हप्ता यता चुलाचुलि का बइभिन्न ठाँउमा सरसफाइ कार्यक्रम, चुलाचुली २ स्थित हिमाली राजमार्ग को खत्री चोक बाट पाडाजुंगी जोडने बाटोको सरसफाइ कार्यक्रम त्यसै गरी चुलाचुली गाउ पालिका को आयोजना मा गत बिश्व वातावरण दिवस को अवसर पारेर चुलाचुली ३/४ स्थित शिवालय सामुदायिक बनको खाली जमिनमा श्रमदान मार्फत बृक्षरोपण लगायत का कार्यक्रम हरु निरन्तर श्रमदान बाट सन्चालित भइ रहेका छन ।

यि त प्रतीनिधी मुलक श्रमदानका कार्यक्रम हरु मात्रै हुन चुलाचुली गाउ पालिका मा यस्ता कार्यक्रम हरु दैनिक रुप मा बिभिन्न क्षेत्र मा चली रहन्छन , यसरि चुलाचुली गाउपालिका को वडा नम्बर १ को बाल्मिकी मार्ग मर्मत का लागी श्रमदान गर्न उपस्थित भएका श्रमदाता हरु लाई हेर्दा चुलाचुली मा यस्ता दाताहरु को संख्या ठुलो छ यसलाई कसरी सन्चालन गर्ने भन्ने कुरा स्थानिय बुद्धिजिवी, बौद्धिक सर्कल ,राजनितिक संगठन र स्थानिय सरकार लाई समेत नैतिक दवाब रहेको छ ।

श्रम सस्कार लाई बढवा दिन र आम नागरिकहरु को सहभागिता बिना देश मा सम्बृद्धी असम्भब छ जसका लागी पनि हामी ले यो श्रमदान अभियान सन्चालन गरेका हौ भन्नु हुन्छ चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित सहिद माङ्गतोक टोल बिकाश सस्थका अध्यक्ष सन्तोश थाम्सुहाङ्ग । उक्त श्रमदान कार्यकम सोही क्षेत्र मा ३ महिना सम्म हप्ता को एक दिन चल्ने समेत जानकारी दिनुभयो वहाँले । उल्लेख्य जनसहभागिता रहेको सो श्रमदान कार्यक्रम मा चुलाचुली गाउपालिका का अलवा झापाको सिवसताक्षी नगरपालिका, कमल गाउपालिका लगायतका क्षेत्र बाट पनी थुप्रै श्रमदाता हरु उपस्थिती रहनु भएको थियो ।

त्यसै गरी श्रमदान को कार्यलाई चुलाचुली को वडा नम्बर २ मा पनि निरन्तर चलिरहेको छ । चुलाचुली २ को अर्नाखाडी दक्षिण केर्खा बजार जोडने बाटोको स्तरउन्नती का साथै सरसफाइ कार्य लाई श्रमदान मार्फत सन्चालन गरिराखिएको छ । २ नम्बर वडाको खत्री चोक देखी पाडाजुङ्गी सम्म जोडने हिमाली मार्ग को सरसफाइ कार्यक्रम श्रम दान मार्फत नै सन्चालन भई आएको छ । उसो त चुलाचुली गाउपालिका तथा बिभिन्न वडा हरुले आ आफ्नो तरिका ले वडाबासी हरु बाट श्रमदन को सहयोग लिदै बिभिन्न प्रकृती का योजनाहरु सम्पन्न गरिराखेको छ ।

चाडबाड नजिकिए संगै स्थानिय निकायले बिभिन्न टोल बिकास सस्था हरु मार्फत स्थानिय बाटोघाटो चोक चौतारा मन्दिर पार्टी हरु को सरसफाइ स्थानिय बासिन्दा हरु को श्रमदान बाट गर्न सके श्रम सस्कारको बिकास संगै स्थानिय महत्वका सम्पतीहरु को संरक्षण मा स्थानिय हरुकै सहभागिता रहने थियो ।

Facebook Comments Box