गोबिन्द लिम्बु हत्याकाण्ड का मुख्य आरोपी पक्राउ
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/गत असोज १२ गते बिहान ४ बजे दमक नगरपालिका वडा नम्बर १ कुमाल चोक स्थित रुवल माछा फ्राइ तथा गेष्ट हाउस मा चुलाचुली इलाम निवासी गोबिन्द लिम्बु को हत्या का मुख्य आरोपी लाई प्रहरी ले गिरफ्तार गरेको छ ।
दमक नगरपालिका वडा नम्बर ७ का सनम राइ लाई ३ दिन लगाएर खोजी गरिरहेको नेपाल प्रहरी ले अन्तत आज उर्लाबारी १ टप्पु बस्ती बाट पक्राउ गरेको हो । उर्लाबारी मधुमल्ला सडक खण्ड मा रहेको बिप्लब तामाङ्ग को घर अघाडी २९५३ नम्बर को मोटरसाइकल सहित उनलाई प्रहरी ले पक्राउ गरेको हो ।
उक्त हत्या मा संलग्न भएको अशकामा इलाका प्रहरी कार्यलय दमकले यस अघी नै ८ जना लाई पक्राउ गरिसकेको छ भने आज सनम राइ का साथै अन्य २ जना लाई समेत पक्राउ गएको छ । अन्य पक्राउ पर्ने हरु मा दमक १ नवदुर्गा टोल का आनन्द भुजेल , र दमक नगरपालिका वडा नम्बर ७ राधाकृष्ण टोल बस्ने वर्ष १८ का सवाज आलम रहेका छन र उनिहरु को प्रारम्भिक बयान अनुसार आफु हरुले नै उक्त घटना घटाएको स्विकारेका छन ।
पक्राउ परेका अभियुक्त हरुको प्रारम्भिक बयान अनुसार घटना मा प्रयोग गरिएको चक्कु मोरङ प्रहरी ले बिराटनगर मा फेला पारी ल्याउने क्रममा रहेको जानकारी प्राप्त छ ।
उता मृतक का आफन्त हरुले हत्या मा संलग्न भएका ब्यक्ती हरुलाई प्रहरीले गिरफ्तार नगरे सम्म शव नबुझ्ने शर्त राखी प्रहरी लाई नैतिक दवाब दिइ रहेको अवस्था मा अनुसन्धान लाई थप सहयोग पुर्याउन प्रहरी लाई सहयोग गर्न का लागी प्रहरी को अनुरोध पछी हिजो अबेर गरेर शव लाई रतुवा खोलामा दाह सस्कार गरिएको थियो ।
उक्त घटना मा संलग्नाता भएको आरोप मा परहरिले दमक १ का नामुद थेवे , राजकुमार भुजेल ,आकाश केरुङ , दमक ७ का सनम राइ , राहुल श्रेष्ठ सवाज आलम ,कानेपोखरी ७ मोरङ्ग का सल मान लिम्बु , चुलाचुली ४ का सन्दिप राइ ,चुलाचुली ३ का उपेन्द्र राई र सुर्य केरुङ लाई पक्राउ गरी थप अनुसन्धान का लागी जिल्ला अदालत झापा बाट ८ दिने म्याद थप गरी अनुसन्धान का लागी दमक प्रहरी कार्यलय मा रखिएको छ ।
