देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली /इलाम को चुलाचुली गाउ पालिका वडा नम्ब र २ मा मुख्य कार्यलय रहेको चुलाचुली साना किसान कृषी सहकारी सस्था को १३ औ साधारण सभा आज असोज १६ गते सम्पन्न भएको छ ।

चुलाचुली गाउपालिका अध्यक्ष श्री राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता तथा चुलाचुली वडा नम्ब र २ का वडाध्यक्ष श्री लक्ष्मण श्रेष्ठ को बिशिष्ठ आतिथ्यता मा सम्पन्न सस्थाको १३औ साधारण सभा सस्था कि अध्यक्ष हेमकला बस्नेत को सभापतित्व मा सन्चालन भएको हो ।

उक्त साधारण सभाको खुल्ला सत्र मा सस्थाको सन्चालक समितिको तर्फबाट अध्यक्ष हेमकला बस्नेत ले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्षको प्रतिवेदन अनुसार सस्था ले आर्थी क वर्ष २०७९/८० को असार मसान्त सम्म को अवस्था मा सस्था ले १७ करोड ५६ लाख ३४ हजार ६ सय ६४ रुपैया को वासलात अंक को कारोबार गरिराखेको छ भनें गत आर्थी क वर्षमा ६९ लाख ५९ हजार ६ सय ५१ रुपैया खुद नाफा रहेको प्रतिवेदन मा उल्लेख गरिएको छ ।

कार्यक्रम मा सस्था कि ब्यवस्थापक कविता चेम्जोङ्ग ले प्रस्तुत गर्नु भएको आम्दानी तथा खर्चको बिवरण अनुसार आर्थीक वर्ष २०७९/८० प्रस्तावित आम्दानी भन्दा यथार्थ आम्दानी १५ लाख ६१ हजार ३ सय ७७ रुपैया ले बृद्धी भएर २ करोड ६८ लाख ७६ हजार ३ सय ७७ रुपैया भएको थियो भनें प्रस्तावित खर्चमा १२ लाख ४१ हजार ८ सय १६ रुपैया बृद्धी भएर यथार्थ खर्च १ करोड ९९ लाख १६ हजार ८ सय १६ रुपैया भएको बिवरण उल्लेख छ ।

कार्यक्रम मा लेखा संयोजक गिता पुरी ले अघिल्लो आर्थीक वर्ष भन्दा गत आर्थीक वर्षमा सस्था मा १० लाख ७० हजार ३ सय ३९ रुपैया बढी नाफा कमाएको जानकारी गराउनु भयो साथै वहाँले लेखा समिती को तर्फ बाट बिभिन्न ६ वटा सुझाब हरु समेत साधारण सभा मार्फत सन्चालक समिती लाई पेश गर्नु भएको थियो ।

कार्यक्रम मा आर्थीक वर्ष भरीमा भएको कारोवार को आधार मा समुह नम्बर ९९ का ५ जना सदस्य हरु लाई सम्मन गरिएको हो त्यस्तै उत्कृष्ठ कर्जामा समुह नम्बर ११६ कि सदस्य मेनुका केरुङ्ग , कृषी तथा फलफुल मा समुह नम्बर २०३ कि प्रमिला राइ लाई सम्मन गरिएको थियो भने गत वर्ष को एस. इ. इ. उत्कृष्ठ नम्बर ल्याउने रोहिना फियाक र आयुश सायोक्पा लाई नगद रु ५/५ हजारका दर ले प्रमाण पत्रका साथ मा सम्मन गरिएको थियो ।

२०६७ साल मा २० जना महिला दिदी बहिनी हरु बाट सुरु भएको चुलाचुली साना किसान कृषी सहकारी सस्था २०६९ सालमा साना किसान बिकास बैक मा हस्तान्तरण भएको हो । हाल चुलाचुली भरीका १२ सय ७५ जना महिला दिदी बहिनी हरु शेयर सदस्य रहेको यस सस्थाले गत आर्थीक बर्ष मा ४९ जना शेयर सदस्यका अभिभावक हरु लाई पशु स्वास्थ्य तालिम तथा २ दिने पशु बिमाको निती नियमका बारेमा अन्तर्कृया कार्यक्रम सन्चालन गर्नु का साथै ७१ साल देखी रासायनिक मल सरकारी अनुदान छुट मुल्यमा बिक्री वितरण गर्दै आएको छ ।सस्थामा आवद्ध सदस्य हरु लाई बिभिन्न समयमा मौसम अनुसारको बिभिन्न तरकारी हरुको बिउ बितरण गरिराखेको साथै हिउद मा पसुपालक किसान हरुका लागी जौ घाँसको बिउ तथा धानको बिउ बजार मुल्य भन्दा सुलभ मुल्य मा आफ्ना सदस्य हरु लाई बिक्री वितरण गर्दै आएको छ ।

सस्था का प्रस्तावित कार्यक्रम हरुमा बेसार खेति,सहकारी शिक्षा तालिम,पशु स्वास्थ्य तालिम, कृषी अवलोकन भ्रमण,तिर्थ यात्रा, घाँसको बिउ बितरण, सुत्केरी पोषण कार्यक्रम , कृषी औजार बितरण, माटो परिक्षण,सामुदायिक बिद्यालय हरुमा सहयोग कार्यक्रम लगायत का कार्यक्रम हरु रहेका छन ।

पछिल्लो समय धेरै सहकारी हरु को कारोबार बिगृएर नोक्सानमा जाँदा सदस्य हरुको रकम फिर्ता दिन नसक्दा सहकारी हरुको नकारात्मक समाचार ले सम्पुर्ण सहकारी हरु लाई नै नकारात्मक अस र परेको अवस्था कायमै छ । उता बजार मा लगानी भएको ॠण मिनाहा गर्नु पर्ने माग राख्दै बिभिन्न संघ सस्था हरु पनि आन्दोलन गरिराखेको अवस्था मा आफ्ना सदस्य हरुको मन जित्दै सस्था लाई निरन्तर प्रगती तर्फ डोहोर्याउनु चुलाचुली साना किसान कृषी सहकारी को चुनौती को बिषय पनी हो । समय अनुकुल सहकारी को मर्म अनुरुप निती र नेतृत्व मा समायोजन र परिवर्तन गर्दै लगेमा सस्था मजबुत हुने कुरामा दुइ मत देखिदैन ।

Facebook Comments Box