देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै इलाम जिल्लाका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ।

उनीहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्कामा परेका छन्। आन्दोलनरत इलाम जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीले गत असोज १९ देखि जिल्लाका सबै पालिकामा पेन डाउन गरेका हुन्। आन्दोलनरत कर्मचारीहरुको पेन डाउनका कारण १० वटै पालिकाका कामकाज ठप्प भएका छन्। आन्दोलनका कारण १० वटै पालिका र ८१ वटा वडाको सबै कामकाज बन्द भएका हुन्। पेड डाउनले गर्दा विभिन्न कामका लागि आउने सेवा ग्राही मर्कामा परेका छन्।

स्थानीय तह संघर्ष समिती इलाम ले नेतृत्व गरेको आन्दोलनमा केन्द्रिय संघर्ष समितिको निर्देशन अनुसार पालिकास्तरीय संघर्ष समितीले आन्दोलन अगाडी बढाएका हुन। चुलाचुली गाउपालिका मा कार्यरत कर्मचारी हरु ले प्रमुख प्रशासकिय अधिकृत डिल्ली राम सुबेदी लाई ज्ञापन पत्र बुझाउदै हात मा कालो पट्टी बाधेर पेन डाउन गरे । जिल्लाका सबै पालिकामा अति आवश्यक बाहेकका सेवा रोकि कालोपट्टी बाधेर पेन डाउन गरिएको शिक्षा शाखा प्रमुख तथा कर्मचारी हकहित मन्च चुलाचुली का अध्यक्ष राम प्रसाद मिश्र ले जानकारी दिनु भयो ।।

स्थानीय तहमा समायोजन भई आएका कर्मचारीले १८ बुदेँ माग राखि देशैभर आन्दोलन गर्दै आएका छन। जसमा आफूहरुलाई निजामती सेवाको परिभाषामा समेट्नु पर्ने, एउटै प्रदेश भित्र प्रदेश र अन्तर प्रदेशमा संघिय मामिला मन्त्रालयले सरुवा गर्नु पर्ने, ५/५ वर्षमा न्युनतम योग्यता पुगको अवस्थामा बढुवा हुनु पर्ने र एक पटकलाई अन्तर तह सेवा प्रवेश  दिईनु पर्ने माग छ।

त्यसै गरि बढुवा प्रक्रिया द्धारा संघिय सेवामा जान पाउने व्यवस्था गरिनु पर्ने, कर्मचारीका सन्ततीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनु पर्ने, सेवाकालिन तालिमको व्यवस्था गर्नु पर्ने, कर्मचारी कल्याणकारी कोषको व्यवस्था हुनु पर्ने, संघिय वा प्रदेशिक सरकारबाट उपदानको व्यवस्था गरिनु पर्ने र ऐनमै स्थानीय निजामती सेवा भनि उल्लेख गरिनु पर्ने माग आन्दोलित कर्मचारीको छ।   तस्विर रोङ गाउपालिका

Facebook Comments Box