पचास हजार रुपैया पुरस्कारको प्रथम देउराली कप सन्चालन हुने

इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ३ मा प्रथम देउराली कप २०८० सन्चालन हुने भएको छ ।
देउराली फुटबल क्लब को आयोजनामा यही असोज २६ गते देखी कार्तिक ४ गते सम्म सन्चालित नकआउट फुटबल प्रतियोगिता देउराली कप मा झापा मोरङ र इलाम का गरी जम्मा १६ फुटबल टिमहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मा जानकारी गराइएको छ ।
आज जारी गरिएको खेल तालिका अनुसार प्रतियोगिता को पहिलो दिनको पहिलो खेलमा आयोजक देउराली एफ.सि. र सुनारा एफ.सि. कमल-२ बिच हुनेछ भने त्यसै दिनको दोश्रो खेल यलम्बर एफ.सि. पथरि मोरङ्ग र योङ्ग बोइज एफ. सि. बिच हुनेछ त्यस्तै प्रतियोगिता को दोश्रो दिनको पहिलो खेल मा मुनल्याण्ड स्पोर्टिङ्ग केर्खा र चुलाचुली ५ बिच हुनेछ भनें त्यसै दिन को दोश्रो खेल मा ए. एस. के. गौरादह र चुलाचुली ४ बिच हुनेछ ।प्रतियोगिता को तेश्रो दिन को पहिलो खेल मा एम वाइ सि दुधे र त्रीवेणी एफ सि बिच हुने छ भनें सोही दिन को दोश्रो खेल मा टिम ब्याक दमक र चुलाचुली ३ बिच हुनेछ भनें प्रतियोगिता को पहिलो च रण को अन्तिम खेल असोच २९ गते को पहिलो खेल चुलाचुली एफ सि दमक र टि एफ जि चुलाचुली २ बिच हुनेछ भनें सोही दिन को दोश्रो खेल रोयल स्पोर्टिङ्ग र बिहानी स्पोर्टिङ्ग दुधे बिच हुने जानकारी खेल आयोजक समिती का सचिब लक्ष्मी केरुङ्ग ले जानकारी दिनु भयो ।
आज आयोजित पत्रकार सम्मेलनमा चुलाचुली गाउपालिका खेलकुद समान्वय समिती समिती संयोजक देवेन्द्र तुम्रोकले आसन्न प्रथम देउराली कम सन्चालन हुँदा चुलाचुली गाउपालिका का फुटबल खेलाडी हरु को क्षमता बिकाश हुने साथै खेलाडी उत्पादन कार्यमा समेत यो प्रतियोगिता ले थप सहयोग हुने बताउनु भयो । त्यसरि नै स्थानिय ब्यक्तित्व तथा विद्यार्थी नेता मिलन रुम्दाली ले प्रतियोगितासफल पार्न सम्पुर्ण गाउँउबासी हरुलाई समेत सहयोग को लागी अपिल गर्नु का साथै प्रतियोगिता सभ्य र भब्य हुने आशा समेत राख्नु भयो ।
प्रतियोगिता चुलाचुली ३ देउराली स्थित सुर्योदय खेल मैदान मा असोज २६ गते देखी कार्तिक ४ गते सम्म सन्चलन हुने र सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलकुद टाइम्स ले गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत गरिएको छ ।