देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली वडा नम्बर ३ देउराली स्थित सुर्योदय आधारभुत बिद्यालयको खेल मैदान मा भोली असोज २६ गते देखी प्रथम देउराली कप नकआउट फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
देउराली प्रवासी समाज तथा देउराली टोल बिकाश सस्था र देउराली समाज सुधार समुहको सहयोग मा देउराली फुटबल क्लब ले आयोजना गरेको उक्त फुटबल प्रतियोगिता मा इलाम झापा र मोरङ जिल्लाका १६ वटा फुटबल टिमहरु बिच प्रतिष्पर्धा रहने छ ।

असोज २६ गते देखी कार्तिक ४ गते सम्म सन्चालन हुने उक्त फुटबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ५१ रुपैया ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ भनें दोश्रो स्थान हासिल गर्ने टिम लाई नगद रु. ३० हजार ३१ रुपैया ट्रफी , मेडल र प्रमाण पत्र रहेको छ ।

असोज २६ गते देखी २९ गते सम्म सन्चालन हुने पहिलो चरणको प्रतियोगितामा हरेक दिन दुइ वटा खेल हुने आयोजक ले जनाएको छ । जस अन्तरगत भोली हुने पहिलो दिनको पहिलो खेल आयोजक देउराली एफ. सि. र सुनारा एफ. सि. कमल बिच देउसो २ गते देखी हुनेछ । त्यसै गरी पहिलो दिन को दोश्रो खेल मा यलम्बर एफ. सि. र योङब्वाइज एफ.सि. बिच दिउसो साढे ३ बजे हुने जानकारी प्राप्त छ ।

सम्पुर्ण खेलप्रेमी महानुभाब हरु लाई खेल मैदान मा आएर खेल हेरी खेलाडी हरु को हौसला बढाइ दिनु हुन आयोजक ले अनुरोध गरेको छ भनें प्रत्यक्ष खेल मैदान मा उपस्थित हुन नसक्ने खेलप्रेमी महानु भाब हरु का लागी इलाम टाइम्स डट कम र खेलकुद टाइम्स को फेसबुक बाट प्रतक्ष प्रसारण समेत गरिने जानकारी आयोजक ले दिएको छ ।

Facebook Comments Box