सबिन राई-
०१माघ, पेल्टिमारी। चुलाचुली गाउँ पालिका वडा नं.-६ को कुइनेटारमा सन्चालित अन्तर पालिका स्तरिय भलिवल खेल प्रतियोगिता आज सम्पन्न भएको छ।

युवा तथा खेलकुद समन्वय समिति चुलाचुलीको आयोजना तथा चुलाचुली गाउँ पालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ईलाम, झापा, मोरङ र पाँचथरका गरी ८ वटा समूहको सहभागीता रहेको थियो।

ईलामको आयोजक समूह चुलाचुली गाउ पालिका, झापाको दमक नगर पालिका बेल्डागी समूह, कमल गाउँ पालिका, शिवसतासी नगरपालिका, मोरङको बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँ पालिका र पाँचथरको मिक्लाजुङ गाउँ पालिकाको सहभागिता रहेको थियो।

समूह चरणको पहिलो खेलमा आयोजक चुलाचुलीले दमकको बेल्डागीलाई पराजित गरेर सेमि फाईनल प्रवेश गरेको थियो भने उता मिक्लाजुङ मोरङलाई पछि पारेर बेलबारी नगर पालिका चुलाचुलीसंग सेमि फाईनल भिडन्तको निस्चित गरेको थियो।

त्यसै गरी उर्लाबारीले शिवसतासीलाई घर पठाएर सेमिफाइनल उक्लेको थियो भने मिक्लाजुङ पाँचथरलाई पछि पारेर कमल गाउँ पालिका उर्लाबारीसंग भिडेको थियो।

सेमिफाईनल खेलको पहिलो खेलमा उर्लाबारीलाइ पराजित गर्दै कमल गाउँ पालिका फाइनल यात्रामा उक्ल्यो भने अर्को तर्फ आयोजक चुलाचुली गाउँ पालिकालाई पछि पारेर बेलबारी नगर पालिका फाईनलमा कमलसंग भिड्न तयार भएको थियो।

आज भएको फाईनलमा कडा प्रतिष्पर्धाको बिच कमल गाउँ पालिकाले उपाधी जितेको छ।

प्रतियोगिताको विजेता समूहले नगद रू ५१ हजार रूपैया, ट्रफी, मेडल र प्रमाण पत्र साथै दोस्रो हुने समूहले नगद रू ३१ हजार रूपैया, ट्रफी, मेडल र प्रमाण पत्र पाप्त गरेका छन्।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा चुलाचुली गाउँ पालिकाको उपाध्यक्ष दिलु लावतीको उपस्थिति रहेको थियो भने विशिष्ठ अतिथिहरूको रूपमा चुलाचुली गाउँ पालिकाको वडा नं. ४ का वडाध्यक्ष सागर जवेगु, वडा नं. ५का वडाध्यक्ष बबिन राईको उपस्थिति रहेको थियो।

Facebook Comments Box