दिपक लिम्बु र याम बराल भोली चुलाचुली आउने

देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम जिल्ला को चुलाचुली गाउपालिका वडा नम्बर ३ देउराली स्थित श्री सुर्योदय आधारभुत बिद्यालय को खेल मैदान मा भोली कार्तिक ४ गते सनिवार राष्ट्रीय गायक दिपक लिम्बु र याम बराल आउने भएका छन ।
गत असोज २६ गते देखी सन्चालन मा रहेको प्रथम देउराली कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसर पारेर भोली कार्तिक ४ गते गायक द्वय ले उक्त स्थानमा प्रस्तुती दिन लागेका हुन । नेपाली गायन क्षेत्र का चर्चित गायकहरु याम बराल र दिपक लिम्बु को प्रस्तुती चुलाचुलीमा पहिलो पटक हुन लागेको हो । देउराली फुटबल क्लबले आयोजना गरेको उक्त कार्यक्रम मा गायक द्वय को प्रस्तुतीका अलवा स्थानिय कलाकारहरु को समेत प्रस्तुती रहने छ भने स्थानिय चण्डीनाच च्याब्रुङ नाच लगायत का सस्कृती झल्कने नृत्य तथा झाकी हरु समेत प्रस्तुती गरिने जानकारी आयोजक ले दिएको छ । दिउसो १२ बजे देखी सन्चालन हुने उक्त फाइनल खेल तथा साँगितिक कार्यक्रम मा दिउसो ३ बजे देखी फुटबल खेल सन्चालन हुनेछ भनेँ खेल समाप्ती पश्चात पुन: सांगितिक तथा सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिइने जानकारी प्राप्त छ ।

भोली हुने प्रथम देउराली कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक देउराली फुटबल क्लब र झापा दमक को योङ ब्वाइज फुटबल क्लब बिच खेल हुनेछ । आयोजक देउरालीले सुनारा एफ सि , चुलाचुली ५ र टिएफजी चुलाचुली २ लाई पराजित गर्दै फाइनल मा प्रवेश गरेको हो भनें दमक को योङ ब्वाइज फुटबल क्लबले यलम्बर एफ सि पथरी ,चुलाचुली ४ र टिम ब्याक दमक लाई पराजित गर्दै फाइनल को यात्रा तय गरेको हो । भोली हुने फाइनल खेलको बिजेता टिमले नगद रु. ५० हजार ५१ का साथ मा ट्रफि,मेडल र प्रमाण पत्र पाउने छन भ्नें उपबिजेता टिम ले नगद रु. ३० हजार ३१ का साथ मा ट्रफी मेडल र प्रमाण पत्र पाउने छन भनें उक्त कार्यक्रम मा प्रवेश निशुल्क रहेको जानकारी आयोजक ले दिएको छ ।
