चुलाचुली मा ब्याडमिन्टन प्रतियोगिता हुने
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउ पालिका वडा नम्बर ४ पेल्टिमारीमा पालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
चुलाचुली गाउपालिका को प्रशासकिय भवन को उत्तर पट्टी स्थानिय युवा कैलाश थुलुङ्ग ले अस्थाइ कवर्ड हल बनाएर उक्त प्रतियोगिता सन्चालन गर्न लागिएको हो । चुलाचुली गाउपालिका मा फुटबल , भलिबल खेलको मात्रै प्रतियोगिता हुने गरेको र पछिल्लो समय रग्बी खेल साथै ब्याटमिन्टन मा समेत स्थानिय युवा युवतीहरु को आकर्षण बढदै गएको कारण यो प्रतियोगिता सन्चलन गर्न लागेको बताउनु हुन्छ आयोजक थुलुङ्ग ।
भोली कार्तिक ४ गते अपरान्ह ४ बजे औपचारिक उदघाटन को कार्यक्रम रहेको र पर्सी कार्तिक ५ गते देखी प्रतियोगिता सन्चालन हुने भएको छ । चुलाचुली गाउपालिका भित्रका ब्याट्मिन्टन खेलाडी हरुले मात्रै प्रतियोगिता मा भाग लिन पाउने सो प्रतियोगिता ५ दिन सम्म सन्चालन हुनेछ ।
चुलाचुली गाउपालिका भित्र रहेका केहि सरकारी कार्यलय भित्र मात्रै खेलिने उक्त ब्याटमिन्टन खेल केहि समय अघाडी चुलाचुली ४ स्थित बालज्योती मा. बि. को परिसर मा स्थानिय युवाहरु का साथै वडा नम्बर ४ को आ र्थीक सहयोग मा ब्याडमिन्टन कोर्ट निर्माण गरेता पनि त्यसको थप मर्मत संहार गर्न नसक्दा अहिले उक्त स्थान प्रयोग बिहिन भएको छ । त्यसै गरी स्थानिय युवा हरु कै सकृयता मा जनता उच्च मा. बि. को चुलाचुली ५ मा रहेको जमिन मा पनि अस्थाइ कोर्ट बनाइ स्थानिय युवा हरु ब्याटमिन्टन खेल्ने गरेको पाइएको छ ।
ब्याटमिण्टन का यस्तै सम्भावना हरु लाई अध्यान गरेर स्थानिय युवा कैलाश थुलुङ ले एक लाख रुपैया को लगानी मा अस्थाइ कवर्ड हल बनाइ ब्याटमिन्टन खेल लाई चुलाचुली मा स्थापित गराउन गरेको एकल प्रयास लाई स्थानिय सरकार , खेलकुद समन्वय समिति, लगायत सम्पुर्ण खेल प्रेमी दाजुभाइ दिदिबहिनी हरुले समेत साथ दिनु पर्ने आवश्यक देखिन्छ । ।
