देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली/गत कार्तिक ४ गते देखी चुलाचुली ४ को अ स्था इ कवर्ड हल मा सन्चालित चुलाचुली ब्याटमिन्टन लिग आज बाट समाप्त भएको छ ।
चुलाचुली ब्याडमिन्टन संघ ले सन्चालन गरेको उक्त लिग प्रतियोगिता को आज अन्तिम फाइनल खेल मा एकल पुरुष प्रतियोगिता को उपाधी चुलाचुली ४ का कैलाश थुलुङ ले सचिन राइ लाई १८ ,२० ,२० ,१९ र २०, १७ को सेट ले पछी पर्दै उक्त समुहको बिजेता बन्नु भयो भनें पुरुष कै डबल प्रतियोगिता मा संजिब दंगाल र राम प्रसाद नेपाल को टोली ले केशब पालुङ्वा र राजन राइ को टोली लाई पराजित गर्दै सो प्रतियोगिता को बि ज यि घोषणा भएका हुन । बिजेता र उपबिजेता टिम लाई ट्रफी प्रमाण पत्र का साथ मा नगद पुरस्कार समेत प्रदान गरिएको हो ।

आज आयोजित प्रतियोगिता समापन कार्यक्रम को औपचारिक कार्यक्रम मा सागर जवेगु ,प्रेम दिप थाम्सुहाङ गजेन्द्र याख्खा लगायत को उपस्थिती रहेको थियो ।

Facebook Comments Box