सुत्केरी भेट्न वडाध्यक्ष र स्वास्थ्यकर्मी घर घर मा
देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ५ ले आर्थीक वर्ष २०८०/८१ को स्विकृत कार्यक्रम “सुरक्षित प्रसुती मातृत्व स्याहार वडा नम्बर ५ को पोषिलो आहार” नामक कार्यक्रम सन्चालन गरेको छ ।
स्थानिय स्वास्थ्य सस्था मा नियमित स्वास्थ्य जाँच गराएर नजिकैको अस्पताल मा सुत्केरी भइ पैतिस दिन भन्दा अगावै सम्बन्धीत वडा कार्यलय मा बच्चा को जन्म दर्ता गरेका आमा हरुका लागी स्थानिय वडा कार्यलय ले उक्त पोसिलो आहार प्रदान गर्ने गरेको छ ।गत श्रावण ६ गते सुत्केरी भएकी चुलाचुली ५ कि अनुपा मगर , भदौ २६ गते सुत्केरी भएकी सोही वडाकि सृजना न्यौपाने त्यसै गरी असोज २ गते सुत्केरी भएकी देविका राइ र कार्तिक ६ गते सुत्केरी भएकी अस्मिता राइ लाई गत कार्तिक १४ गते चुलाचुली ५ को जनप्रतीनिधि तथा कर्मचारी का साथमा चिकित्सकको टोली समेत घर मा गएर पोसिलो आहार बितरण का साथै आमा र बच्चा को स्वास्थ्य अवस्थाको जाँच र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको हो ।

चुलाचुली गाउपलिका वडा नम्बर ५ भित्र स्थाइ बसोवास गर्ने सुत्केरीहरु लक्षित सो कार्यक्रम अन्तर्गत साहाकारी सुत्केरी आमा हरुका लागी सुद्ध गाइको घ्यु २ केजी , हर्लिक्स १ केजि र मौसम अनुसार को स्थानिय फलफुल तथा मांसाहारी सुत्केरी आमा हरुलाई २ केजि बराबर को लोकल कुखुरा को भाले १ वटा, गाइ को घ्यु १ केजि र हर्लिक्स आधा केजि साथै मौसम अनुसार को स्थानिय फलफुल उपलब्ध गराउने गरिएको छ ।
परम्परागत अन्धबिश्वास ले निम्त्याउने समस्या न्युनिकरण गर्दै सुत्केरी आमा तथा नवजात शिशुको मृत्युदर घटाउन ,कुपोशण तथा निमोनिया झाडापखाला लगायतका रोग हरु बाट बच्न , वडामा रहेका स्वास्थ्यकर्मी हरु लाई परिचालन गर्दै स्वस्थ्य समाज निर्माण गर्नुका साथै स्थानिय उत्पादन हरु को प्रवद्धन समेत हुने उक्त कार्यक्रमले वडाको घटना दर्ता सम्बन्धी तथ्याङ्क लाई समेत चुस्त दुरुस्त राख्ने भएकाले सो कार्यक्रम सन्चालन गरिएको बताउनु हुन्छ चुलाचुली नम्बर ५ का वडाध्यक्ष बबिन बान्तवा राइ ।

प्रती सुत्केरी पच्चिस सय देखी तीन हजार रुपैया सम्म खर्च हुने सो पोसिलो आहार कार्यक्रम मात्रै नभएर उक्त वडाले हरेक आर्थीक बर्षमा एक एक नयाँ नयाँ कार्यक्रम हरु थप्दै जाने गरेको छ, अघिल्लो आर्थीक वर्ष मा ५ नम्बर वडामा रहेका २ बिद्यालयमा अध्ययन रत १ सय ८ जना विद्यार्थी हरु लाई नियमित गृह कार्य गर्ने , सरसफाइ , नियमित हाजिरी हुने लगायत का ४ बिधामा उत्कृष्ठ हुने हरुलाई त्रैमासिक रुपमा पुरस्कृत गर्ने गरेको समेत वडाध्यक्ष वान्तवा ले बताउनु भयो, साथै वहाँले थप्नु भयो हाम्रो ५ बर्षे कार्यकालमा संघ, प्रदेश र स्थानिय गाउपालिका ले सन्चालन गरेका आयोजना, कार्यक्रम हरुका साथमा वडा ले समेत विद्यार्थी पुरस्कृत कार्यक्रम , पोसिलो आहार कार्यक्रम जस्ता ५ वटा कार्यक्रम हरु सन्चालन गर्नेछ र जसलाई हामी भन्दा पछिलो वडाका जनप्रतिनिधी हरुले समेत थप गर्दै चुलाचुली भरीको नमुना वडा ५ नम्बर बन्ने कुरा मा बिश्वस्त रहेता पनि सो कुरा हरु कत्तिको ब्यवाहारिक हुनेछन, स्थानिय श्रोत साधन ले धान्न सक्छ सक्दैन इत्यादी कुरा हरु भनें हेर्न बाँकी नै छ ।
