देवी प्र पौडेल, इलाम टाइम्स पेल्टिमारी/ इलामको चुलाचुली गाउपालिका वडा नं ३ स्थित पर्यटकिय स्थल शिवओरक मिलन पोखरी मा आजदेखी २ दिने पाठशाला नाट्य उत्सव शुरु भएको छ ।

चुलाचुली गाउपालिका मुख्य सौजन्य रहेको तथा चुलाचुली रंगमन्चको आयोजनामा माघ १० र ११ गते संचालन हुने उक्त नाट्य उत्सब मा ५ वटा बिध्यालयका नाटक र ४ वटा सस्थागत रंगमन्चको ५ वटा नाटक गरि जम्मा १० वटा नाटक मन्चन गरिने कार्यक्रम रहेको छ ।

आज औपचारिक कार्यक्रम को उदघाटन पश्चात मन्चन गरिएका नाटक हरुमा चुलाचुली रंगमन्च को नाटक मेला, अमृत बोर्डिङ्ग स्कुलको नाटक देउकी , शब्द थिएटर र रेड स्टार बोर्डिङ्ग स्कुल को संयुक्त नाटक छोरी मान्छे भएर ,भानु माध्यमिक बिध्यालय को नाटक वातावरण र बालज्योती माध्यमिक बिध्यालय को नाटक ख बाट मन्चन गरिएको हो भनें भोलि माघ ११ गते कदम थिएटर र सर्वोदय बोर्डिङ्ग स्कुल को संयुक्त नाटक चकलेट , पन्चबुद्ध एकेडेमी को नाटक पुनर्जन्म ,पन्चकन्या आधारभुत बिध्यालय को नाटक द वर्ड, मिक्लागुङ्ग नाटक घर को नाटक साइड इफेक्ट र चुलाचुली रंगमन्च को नाटक यो मेरो कथा नहुन सक्छ मन्चन हुनेछ ।

स्थानिय पर्यटकिय स्थल्को प्रवर्धनका साथै प्रकृति संग मानव जाती हरु टाढिदै गएका र यो कृयाकलाप ले मानव जाती संकटमा पर्ने भएकाले केही क्षण भएता पनि स्थानिय बिध्यार्थी र अभिभावक हरु लाई प्रकृति सँग रमाउन र प्रकृतिलाई नजिकबाट नियाल्न को लागि प्रकृतिको काख मा यो नाटय उत्सब आयोजना गरिएको आयोजकको भनाइ छ । २०७० सालमा स्थापना भएको चुलाचुली रंगमन्चको ९ औं बार्षिक उत्सब मा पाठशाला नाट्य उत्सवको आयोजना गरिएको हो ।

बिध्यार्थी हरुको चौतर्फी बिकाश र सिकाइ प्रणालीलाई थप फराकिलो बनाउने उद्धेश्यले गत २०७६ सालमा पहिलो पाठशाला नाट्य उत्सवको आयोजना गरेको चुलाचुली रंगमन्चको यो दोश्रो नाट्य उत्सव रहेको छ ।चुलाचुली गाउपालिका,सेवारो स्टाइल होटेल र सिद्धिबिनायक क्लिनिक ले सौजन्य गरेको यो नाट्य उत्सवमा मेची सहकारी,बिचित्र डिजाइन,डबल फोरेष्ट रिसोर्ट,चेतना थिएटर इलाम र कदम थिएटर दमक को सहकार्य रहेको चुलाचुली पाठशाला नाट्य उत्सव कार्यक्रम को आयोजक चुलाचुली रंगमन्चले किपोट, देवाङ्गसी राजा , खाल्डो, माङगेना, सिमिक्वा, बुद्ध र भिखारी जस्ता नाटक हरु राष्ट्रीय तथा अन्तराष्ट्रीय नाट्य महोत्सव मा मन्चन गरिसकेको छ ।।

Facebook Comments Box