शैक्षिक सामाग्री बितरण गर्दै लागुपदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना अभियानमा सानाकिसान कृषी सहकारी
मनुशा पौडेल चुलाचुली इलाम/ इलामको चुलाचुली गाउपालिका स्थित श्री साना किसान कृषी सहकारी सस्थाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने बिभिन्न बिद्यालय का गरीब,बिपन्न बर्गका तथा जेहन्दार १ सय ५० भन्दा धेरै विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथै मनोसामाजिक परामर्ष र लागु पदार्थ दुर्ब्यसनी बिरुद्ध सचेतना कक्षा सन्चालन गरेको छ ।
सस्थाको सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगतको रु १ लाख ६० हजार रुपैया बाट हिजो जेष्ठ १८ गते चुलाचुली गाउपालिका वडा नम्वर ३ स्थित श्री सुर्योदय आधारभुत बिद्यालय का ५० जना बालबालिका का लागी बिद्यालय ब्याग,कापी तथा पेन्शिल बितरण गरिएको थियो भनें हिजै चुलाचुली गाउपालिका वडा नम्बर ४ सनिवारे स्थित श्री किराँत चोलुङ आधारभुत बिद्यालयका ६० जना विद्यार्थी हरुलाई ब्याग,कापी तथा पेन्शिल बितरण गरिएको छ । साना किसान कृषी सहकारी सस्था कि अध्यक्ष हिमकला बस्नेत तथा लेखा समिती सयोजक गिता पुरी को नेतृत्वमा सस्था कि प्रवन्धक कबिता लिम्बु सहितको टोलीले दुबै बिद्यालयमा गएर उक्त शैक्षिक सामाग्री बितरण गरेको हो ।

बर्खा लागे सँगै साना-साना नानीबाबु हरुलाई बिद्यालय आवतजावत गर्दा किताब,कापी सुरक्षित तवरले बोक्नका लागी सहज होस भन्ने हेतुले मसिना विद्यार्थी हरुलाई ब्याग तथा कक्षा २ देखी ५ सम्मका विद्यार्थी हरुको पठनपाठन लाई थप सहज र अभिभावक हरुलाई थोरै भएपनि आर्थीक भार कम गर्नका लागी कापी तथा पेन्शिल उपलब्ध गराइएको र यो कार्य बिगत २ वर्ष देखी सस्थाले निरन्तर गर्दै आइरहेको र आगामी वर्ष हरुमा समेत यसलाई निरन्तरता दिने बताउनु हुन्छ सस्था कि अध्यक्षा हिमकला बस्नेत ।
त्यसैगरी सस्थाले आज चुलाचुली २ स्थित श्री जनता माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरणका साथै विद्यार्थीहरुका लागी मनोसामाजिक परामर्ष तथा लागु पदार्थ दुर्ब्यसनी बिरुद्ध सचेतना कक्षा समेत सन्चालन गरेको छ । जनता माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अध्यक्षा मोहन देवानको अध्यक्षता मा आज आयोजित एक बिषेस कार्यक्रमको चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ साना किसान सहकारी कि अध्यक्ष हिमकला बस्नेत,बिद्यालय का प्रधानअध्यपक लक्ष्मेश्वर प्रसाद बनबरीया लगायतको उपस्थितीमा कक्षा नर्सरी,एलकेजी,युकेजी देखी कक्षा ५ सम्म का ७० जना भन्दा धेरै विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ भने कक्षा ८,९ र १० का विद्यार्थीहरु लाई मनोसामाजिक परामर्शकर्ता मणी कुमार केरुङले मष्तिष्क स्वास्थ्यका बारेमा विद्यार्थी हरुलाई सचेत गराउनु भएको हो । त्यसै गरी विद्यार्थी हरुलाई पेल्टिमारी प्रहरी चौकीको एक टोलीले लागु पदार्थ दुर्ब्यसनी बिरुद्ध सचेतना कक्षा समेत सन्चालन गर्नु भएको हो ।

कार्यक्रम मा सस्थाका बारेमा जानकारी गराउदै सस्थाकी प्रवन्धक कबिता योङहाङ ले स्थानिय स्तरमा विद्यार्थी हरुका लागी बिविध बचतका कार्यक्रमहरु का साथमा साना किसान सहकारी अघाडी बढी रहेको र अभिभावक हरुका लागी बिभिन्न उद्धमशिलता र उत्पादन मुखी कार्यक्रम लिएर बिगत देखी नै काम गरिरहेको बताउनु भयो । सस्थामा हाल १ हजार ३ सय ४९ जना शेयर सदस्यहरु रहनु भएको छ भनें सस्थामा कुलशेयर पुँजी २ करोड ३४ लाख रुपैया रहेको छ ।त्यसै गरी सस्थामा हाल निक्षेप मौज्दात १० करोड ६ लाख ६० हजार रुपैया रहेको छ । चुलाचुली २ मा कार्यालय रहेको साना किसान कृषी सहकारी चुलाचुलीले ५ प्रकृतीको कर्जा लगानी गर्ने साना किसान सहकारीको कर्जा ब्याजदर भनें ७ देखी १४ प्रतिशत सम्म रहेको छ भने सस्थाले बिभिन्न समयमा स्थानिय किसान हरुलाई तरकारी हरुको बिउबिजन उपलब्ध गराउनु का साथै पशुबिमा बिभिन्न प्रकारका कृषी औजार बितरण तालिम गोष्ठी र छलफल तथा अन्तरकृया कार्यक्रम सन्चालन गर्नु का साथै सरकारी अनुदान मा प्राप्त रसायनिक मलको समेत कारोबार गर्दै आएको छ ।
