मनुशा पौडेल
साउन ४, पेल्टिमारी

इलाम जिल्लाको चुलाचुली गाउपालिका अन्तरगतको पशु स्वास्थ्य शाखा ले गाउपालिका भित्र रहेका ४३ हजार बढी पशुहरु लाई बिभिन्न रोग बिरुद्ध को खोप पशु खोप अभियान मार्फत प्रदान गरेको छ ।
चुलाचुली गाउपालिका भित्र रहेका ६ वटा वडाका किशानहरु ले पालन गरिरहेका गाइ, भैसी, बाङ्गुर तथा बाख्राहरु लाई खोरेत बिरुद्धको खोप, पि.पि.आर, स्वाइन फिबर ,लम्पी स्किन बिरुद्ध को खोप लगाइएको हो ।
चुलाचुली गाउपालिका अन्तरगत को पशु स्वास्थ्य शाखा का प्रमुख महेश राइ ले दिएको जानकारी अनुसार खोरेत बिरुद्ध को खोप १३ हजार २ सय पशुहरुलाई लगाइएको छ । त्यसै गरी पि.पि.आर. खोप २० हजार पशुहरु बिशेस गरेर बाख्राहरु लाई प्रदान गरिएको छ भनें स्वाइन फिबर बिरुद्ध को खोप ५ हजार र लम्पी स्किन बिरुद्ध को खोप ५ हजार ४ सय पशुहरु लाई लगाइएको शाखा प्रमुख राइ ले जानकारी दिनुभयो ।
गत फागुन २०८० देखी असार २०८१ सम्म सन्चालन गरिएको उक्त खोप अभियान मा पशु स्वास्थ शाखा चुलाचुलीका कर्मचारी हरुका अलवा नरेन्द्र खोक्रेल, सन्देश राइ, तारानाथ राइ, चन्द्र राइ, मिजन खत्री र मंगेश राइ ले उक्त अभियान मा प्रत्यक्ष सहयोग गर्नु भएको थियो ।
उक्त अभियान पश्चात चुलाचुली गाउपालिका भित्रका ६ वटा वडा का ४३ हजार ६ सय पशुहरु खोरेत, पि.पि.आर., स्वाइन फ्लु तथा लम्पी स्किन लगायत का सरुवा रोग हरु बाट सुरक्षित रहेका छन ।

Facebook Comments Box