चुलाचुली मा अध्यक्ष कपको दोश्रो सस्करण सुरु
देवेन्द्र पौडेल चुलाचुली इलाम /इलामको चुलाचुली गाउपालिका मा चुलाचुलि गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हिजो जेष्ठ १७ गते देखि सुरु भएको छ ।
चुलाचुली ३ स्थित श्री किरातेश्वर माध्यमिक बिध्यालयको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिता चुलाचुली गाउपालिका को आर्थिक सहयोगमा युवा तथा खेलकुद समन्वय समितिले आयोजना गरेको हो भनें सो प्रतियोगितामा चुलाचुली गाउपालिका भित्र का ६ वटा वडा स्तरिय टिमका साथै कर्मचारी र भेट्रान एक एक गरि कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
हिजो सांझ एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको औपचारिक उदघाटन गरिएको छ । पालिका स्तरिय युवा तथा खेलकुद समन्वय समितिका संयोजक डम्बर तुम्रोक को अध्यक्षता मा सम्पन्न उक्त औपचारिक उदघाटन कार्यक्रम को प्रमुख अतिथि चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ्ग हुनुहुन्थ्यो भनें अन्य अतिथी हरुमा वडा नम्बर ५ का वडाध्यक्ष बबिन राई ४ नम्बर वडा का वडाध्यक्ष सागर जबेगु ३ नम्बर वडाध्यक्ष प्रेम श्रेष्ठ लगायत स्थानिय जनप्रतिनिधी तथा खेलप्रेमी हरुको उपस्थिती रहेको थियो ।
विशेष साजसज्जा र तयारिका साथ रातृकालिन समयमा सन्चालन गरिने उक्त प्रतियोगिता इलाम जिल्लाकै विशेष प्रतियोगिताका रुपमा लिइएको छ ।प्रतियोगिताले स्थानिय स्तरमा रहेका फुटबल खेलाडिहरुको एक आपसमा खेल कौशल आदानप्रदान गर्नुका साथै परस्पर सम्बन्ध थप प्रगाढ बनाउनका लागि आयोजना सन्चालन गरिएको बताउनुहुन्छ पालिकास्तरिय यिवा तथा खेलकुद समन्वय समिती संयोजक डम्बर तुम्रोक ।
हिजो भएको उदघाटन खेलमा वडा नम्बर ४ ले वडा नम्बर ३ लाई २-० गोल अन्तर ले पराजित गरेको छ ।वडा नम्बर ४ का जर्षी नम्बर १३ का खेलाडी ओसन राइले खेलको १३ र १८ मिनेटमा गरेको २ गोल नै खेलको निर्णायक गोल बन्यो भनें खेलको म्यान अफ त म्याज समेत ४ नम्बर वडा का खेलाडी ओसन राई नै घोसित भए ।
बिजेता टोलिले नगद रु. १ लाख का साथमा ट्रफी मेडल र प्रामाण पत्रका साथै उपबिजेता टोलिले नगद रु. ५० हजार का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने सो प्रतियोगिता का बारेमा जानकारी दिन केहिदिन अघाडि गरिएको पत्रकार सम्मेलनमा चुलाचुली गाउपालिका भित्रका ८ वडा फुटबल क्लब हरुको सहभागितामा सन्चानल गरिने प्रतियोगिता भनिएतापनी हाल कार्यान्वयनमा वडास्तरिय फुयबल टोलि हरु लाई सहभागिता गराएर सन्चालन गरिदैछ । जसले गर्दा आयोजक को तयारी र योजना अनि कार्यान्वयन प्रती खेलप्रेमी हरुले गुनासो गर्न थालेका छन ।
