देवेन्द्र पौडेल इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित देउराली फुटबल क्लबले गत असोज २४ गते देखी कार्तिक ४ गते सम्म सन्चालन गरेको प्रथम देउराली कप नकआउट फुटबल प्रतियोगिताको आय-ब्यय बिवरण सार्वजानिक गरिएको छ ।
गत मंसिर २२ गते सुक्रबार चुलाचुली ३ स्थित देउराली चोकमा आयोजित उक्त सुनुवाइ कार्यक्रम चुलाचुली ३ नम्बर वडाका वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता तथा सस्थाका अध्यक्ष अर्पण कोयु राइ को सभापतित्व मा सम्पन्न गरिएको हो ।

प्रथम देउराली कप नकआउट फुटबल प्रतियोगिताका आर्थीक संयोजक लक्ष्मी केरुङ ले सार्वजानिक गरेको उक्त आय-ब्यय बिवरण मा रु. ४० हजार ८ सय ५५ रुपैया सस्थाले अझै भुक्तान गर्न बाँकी रहेको देखिन्छ ।सार्वजानिक गरिएको उक्त बिवरण अनुसार आयोजना सन्चालन अवधी भरीमा कुल आम्दानी ५ लाख ४१ हजार्६ सय ४५ रुपैया रहेको थियो भनें कुल खर्च ५ लाख ८२ हजार ५ सय रुपैया रहेको थियो ।

उक्त प्रतियोगिता सन्चालन का लागी प्रवासी सहयोगदाता हरु बाट २ लाख् ३७ हजार ३ सय ४५ रुपैया संकलन भएको थियो । त्यसै गरी स्थानिय सरकारका तर्फ बाट रु ८० हजार सहयोग प्राप्त भएको थियो । त्यसै गरी प्रथम र दोश्रो पुरस्कार प्रायोजक हरु बाट क्रमस ५० हजार र ३० हजार प्राप्त भएको थियो भनें स्थानिय संघ सस्था र ब्यक्तित्व हरु बाट ८० हजार २ सय ६० रुपैया सहयोग प्राप्त भएको हो । प्रतियोगिता मा भाग लिने फुटबल टिम हरु बाट प्रवेश शुल्क बापत ३३ हजार र देउसी भैलो कार्यक्रम ३१ हजार रकम आम्दानी भएको जानकारी प्राप्त छ ।

नगद राशी रु ५० हजार ट्रफी मेडल र प्रमाण पत्र प्रथम पुरस्कार तथा नगद ३० हजार मेडल ट्रफी र प्रमाण दोश्रो पुरस्कार रहेको उक्त प्रथम देउराली कप नक आउट फुटबल प्रतियोगिता को बिजेता आयोजक देउराली फुटबल टिम भएको थियो भनें कार्यक्रम को समापन मा रास्ट्री य गायक दिपक लिम्बु को समेत प्रस्तुती रहेको थियो ।

Facebook Comments Box