करुणा कटुवाल नेविसंघको अध्यक्ष
कांग्रेसले नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २१ बैशाखमा सम्पन्न बैठकको निर्णयबमोजिम नेविसंघको विद्यमान विधान, २०७३ (संशोधनसहित) को दफा २४ १ (ख) बमोजिम तदर्थ समिति स्वतः विघटन भएपछि कटुवाललाई अध्यक्षको जिम्मेवारी दिइएको कांग्रेसद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि दुजाङ शेर्पाको अध्यक्षतामा रहेको तदर्थ समितिको पदावधि समाप्त भएसँगै संगठन स्वतः विघटन भएको थियो । कांग्रेसले समयमै महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व चयन गर्दे महाधिवेशन गर्ने तयारी गरेको छ ।
Facebook Comments Box
