शिक्षक लाई पाँच दिने तालिम,प्रविधीमैत्री बन्दै सामुदायिक बिद्यालयहरु
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका,शिक्षा युवा तथा खेलकुद शाखाले आइ टि श्रोत शिक्षकहरु का लागी पाँच दिने क्षमता अभिबृद्धी तालिम आज बाट सुरु गरेको छ ।
श्री बालज्योती माध्यमिक बिद्यालयको सभाहल मा सम्पन्न उक्त तालिम कार्यक्रम को औपचारिक उदघाटन आज गरिएको हो । औपचारिक कार्यक्रम का सभाध्यक्ष शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्र मिश्र रहनु भएको थियो भने प्रमुख अतिथी क्षमता बिकाश समिती संयोजक तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ रहनु भएको थियो ।औपचारिक कार्यक्रम मा आफ्ना बिचार हरु राख्दै प्रमुख अतिथी श्रेष्ठ ले भन्नु भयो प्रविधी को बिकाश संगै चुलाचुली का सामुदायिक बिद्यालय हरु ले पनि यसरि आइटी शिक्षक को सहयोगमा सो सँग सम्बन्धित क्षेत्रमा विद्यार्थी हरु लाई पढाइ रहेको मा खुशी लागेको र यसका लागी कम्प्युटर अभाब भएका बिद्यालय हरु छनौट गरी आवश्यक कम्प्युटर उपलब्ध गराउन गाउपालिका सकारात्मक रहेको बताउनु भयो । सो उदघाटन कार्यक्रम मा बोल्दै बालज्योती मा बि का प्रधानध्यपक रुद्र गिरी ले विद्यार्थी हरु को कपी जाँच गर्दा गर्दै प्राप्ताङ्ग मोबाइल म्यासेन्जर को मद्धत ले सिधै विद्यार्थी को लेजर मा प्रविष्टी हुने प्रविधिको बिकास गरिएको बताउनु भयो । त्यसै गरी कार्यक्रम को सफलताको कामना सहित सहभागी सम्पुर्ण लाई धन्यवाद दिनु भयो शिक्षा शाखा प्रमुख राम मिश्र ले ।
मंसिर २५ गते देखी २९ गते सम्म सन्चालन हुने उक्त तालिममा आधारभुत देखी मा. बि. तह सम्मको १६ बिद्यालय का १६ जना ले तालिम लिने छन । सो तालिम मा ९ जना आधारभुत तहका र ७ जना माध्यमिक तह का शिक्षकहरु को उपस्थिती रहेकोछ भनें यो अवधी भरी हिमालय मा. बि. दमक का शिक्षक बाल कुमार रेग्मी ले प्रशिक्षक को रुप मा सहजिकरण गर्नु हुने जानकारी प्राप्त छ ।
