देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/झापा जिल्लाको मेचीनगर नगरपालिका स्थित काँकरभिट्टा बजार मा प्रधान कार्यलय रहेको नेपाल बहुउद्देश्य सहकारी सस्था ले इलाम को चुलाचुली मा सेवा कार्यलय खोलेरै बित्तिय तथा डेरी ब्यावसाय को क्षेत्र बिस्तार लाई तिब्रता दिएको छ ।

आज एक कार्यक्रम को आयोजना गर्दै चुलाचुली ४ स्थित आइतबारे बजार क्षेत्र आसपास मा रहेका ब्यावसायी तथा किसानहरु लाई सस्थाले गर्ने ब्यावसायिक कृयाकलाप ,आर्थीक लगानी , सस्थाले उपलब्ध गराउने सेवा सुविधा हरु को बारेमा जानकारी दिने उद्धेश्य ले सस्था परिचयात्मक तथा सदस्य शिक्षा कार्यक्रम,पाथिभरा बचत तथा ॠण सहकारी सस्थाको सभा हल मा सन्चालन गरेको छ । उक्त कार्यक्रम मा सस्थाका तर्फबाट प्रशिक्षक चन्द्रप्रकास ढकाल तथा चुलाचुली सेवाकेन्द्र प्रमुख हेमन्त नेपाल ले कार्यक्रम लाई सहजिकरण गर्नु भएको थियो भनें एन. एम. सी. चुलाचुली सेवाकेन्द्र ब्यवस्थापन समिती संयोजक तिलक फागो का साथै एकाइ नं ५ पेल्टीमारीका एकाइ संयोजक लोकनाथ पौडेल को पनि उपस्थिती रहेको थियो । चुलाचुली वडा नं १ कमल मा सेवा केन्द्र रहेको एन.एम. सी. सहकारी ले गत माघ २० गते देखी कर्मचारी नियुक्ती गरेर चुलाचुली गाउपालिका का वडा नं ३,४ र ५ मा सेवा सुचारु गरेको हो र निकट भविश्य मा नै सो क्षेत्र मा कार्यलय को स्थापना गरेरै सेवा प्रवाह गर्ने योजना रहेको श्रोत ले जनाएको छ ।

नेपाल बहुउद्धेस्य सहकारी सस्था (एनएमसी) को गत पौष मसान्त सम्मको रेकर्ड अनुसार जम्मा १ लाख ४१ हजार ९ सय ७२ जना शेयर सदस्य रहदा चुलाचुली सेवा केन्द्र ले १ हजार ३१ जना शेयर सदस्य बनाएको छ । त्यसै गरी सस्थाको चुक्ता पुँजी १ अर्ब ४४ करोड ८९ लाख ९८ हजार ६ सय रहदा चुलाचुली सेवा केन्द्रमा १६ लाख ४५ हजार ५ सय रहेको छ भनें सस्था को कुल निक्षेप मौज्दात ८ अर्ब ९५ करोड १६ लाख ८९ हजार ६ सय ३८ रुपैया रहदा चुलाचुली सेवाअ केन्द्र मा ८७ लाख २४ हजार ३ सय १ रुपैया रहेको छ । त्यसै गरी सस्थाले कुल लगानी गरेको कर्जा १० अर्ब ४३ करोड ८३ लाख ८१ हजार ४ सय ५ रुपैया छ भनें चुलाचुली सेवा केन्द्र ले गत पौष मसान्त सम्म मा ३ करोड २५ लाख ३ हजार १ सय ६९ रुपैया कर्जा लगानी गरेको छ ।चुलाचुली सेवा केन्द्र को वासलात अंक मा हेर्ने हो भनें ३ करोड ६७ लाख १८ हजार ६ सय ९९ हुँदा सस्ठा को कुल वासलात अंक १२ अर्ब ५५ करोड ५७ लाख २१ हजार ३ सय ३० रहेको कारण सस्था को कानुनी हैसियत सहकारी मात्रै भएता पनि कारोबार को हिसाब ले बित्तिय बैक सो सरह कारोवार गर्नु का साथै सोही अनुरुप आफ्न शेयर सदस्य हरु लाई सुविधा समेत प्रदान गर्दै आएको दावी सस्था ले गर्ने गरेको छ ।

Facebook Comments Box