देवी प्र पौडेल इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका मा गत माघ २४ गते देखी जारी पालिका स्तरिय रास्ट्रपति रानीङ्ग सिल्ड प्रतियोगिता हिजो माघ २८ गते सनिवार सम्पन्न भएको छ ।
चुलाचुली गाउपालिका वडा नं ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालय को खेल मैदान मा सम्पन्न उक्त प्रतियोगिता मा १७ बिधाका ३४ खेल हरु सम्पन्न भएको हो । उक्त प्रतियोगिता मा चुलाचुली गाउ पालिका का सस्थागत र सामुदायिक गरी जम्मा १४ बिद्यालय हरुको सहभागिता रहेको थियो ।

निर्धारित कार्यक्रम को तालिका अनुसार माघ २७ गते प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएता पनि समय अभाब का कारण पुरस्कार बितरण तथा औपचारिक समापन कार्यक्रम माघ २८ गते गरिएको हो । रास्ट्रपति रानीङ्ग सिल्ड प्रतियोगिता ब्यवस्थापन तथा आयोजना समिती का संयोजक तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को अध्यक्षता मा सम्पन्न उक्त पुरस्कार बितरण तथा समापन कार्यक्रम मा जिल्ला शिक्षा समान्वय इकाइ इलाम का प्रमुख सम्भु थापा मगर चुलाचुली गाउपालिका उपाध्यक्ष दिलु कुमारी लावती , चुलाचुली गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्र. मिश्र लगायत को उपस्थिती रहेको थियो ।

उक्त प्रतियोगिता समापन कार्यक्रम मा बोल्दै बालज्योती माध्यमिक बिद्यालय ब्यवस्थापन समिती का अध्यक्ष सेतु प्रकाश राइले गाउपालिका को नारामा शिक्षा, स्वास्थ्य र कृषी भनिन्छ अब हेर्दै जाँउ पहिलो प्राथमिकता मा शिक्षा पर्छ कि पर्दैन भन्नु भयो ।त्यसै गरी कार्यक्रम मा बोल्दै शिक्षा युवा तथ खेलकुद बिकाश शाखा प्रमुख राम मिश्र ले अब हुने जिल्ला स्तरिय रास्ट्रापति रानीङ शिल्ड आयोजना हुने स्थान र मिती को बारेमा जनकारी दिनु भयो । त्यसै गरी कार्यक्रम का प्रमुख अतिथी शम्भु थापा मगर ले प्रतियोगिता मा जित हासिल गर्ने बिद्यालयहरु लाई बधाइ साथै अन्य बिद्यालयहरु लाई आगामी प्रतियोगिता मा जित को अगृम शुभकामना प्रदान गर्नु भयो ।

माघ २४ गते देखी २७ गते सम्म सन्चालित पालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता को औपचारिक समापन कार्यक्रम मा बोल्दै प्रतियोगिता ब्यवस्थापन समिती का संयोजक तथा गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ ले जिल्ला स्तरिय प्रतियोगिता मा जाने खेलाडी हरु को ब्यवस्थापन पालिका ले गर्ने बताउनु भयो । साथै कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण समिती, उप समिती, बिद्यालय, खेलाडी हरु र स्थानिय समुदाय लाई समेत धन्यवाद दिनु भयो ।

प्रतियोगिता मा सहभागी १४ बिद्यालयहरु मध्य बालज्योती माध्यमिक बिद्यालयले ११ स्वर्ण, ७ रजत र ३ काँस्य सहित २१ पदक हासिल गर्दै सो प्रतियोगिता को बिजेता बनेको हो । त्यसै गरी १० स्वर्ण, ३ रजत र १ कास्य सहित १४ पदक हासिल ग र्दै जनता उच्च माध्यमिक बिद्यालय बार्हगोठे प्रतियोगिताको दोश्रो भएको हो । त्यस्तै भानु माध्यमिक बिद्यालय ले ६ स्वर्ण, ६ रजत र १२ कास्य गरी जम्मा २४ पदक हासिल गर्दै प्रतियोगिता को तेश्रो भएको छ ।

जिल्ला स्तरिय रास्ट्रपति रानीङ्ग सिल्ड को जिल्लास्तरिय प्रतियोगिता आगामी फाल्गुण ८ गते देखी फाकफोकथुम गाउपालिका को सिंहदेबी मा. बि. मा सन्चालन हुनेछ ।

Facebook Comments Box