देवेन्द्र पौडेल चुलाचुली/पछिल्लो समय इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित चपेटी पर्यटकिय क्षेत्र बनभोज खाने तथा घुमफिर गर्ने हरुका लागी आकर्षक गन्तब्य बन्दै गएको छ ।
रमणिय प्राकृतिक दृस्यहरुको अवलोकन,खुल्ला र पर्याप्त मैदान तथा सडक सन्जालको सहज पहुँचमा रहेको चपेटीमा स्थानिय चुलाचुली गाउपालिका का अलवा झापाको दमक,कमल गाउपालिका, गौरादह,गौरिगन्ज तथा मोरङको उर्लाबारी,रतुवामाइ लगायतका स्थानहरु बाट बनभोज खान तथा घुमफिर गर्नका लागी आउने गरेको पाइएको छ ।
चुरे पहाडको समापन तथा मधेसको सुरुवाती भएको स्थान चपेटी बिगतमा फाल्गुनन्द राजमार्ग को चुरे खण्डमा सडक बिस्तार नहुँदाका बखत पाहाडमा उत्पादित सामाग्रीहरु मानिसले बोकेर चपेटी सम्म ल्याउने र दमक बजारबाट पाहाडका लागी खाध्यसामाग्री सवारी साधनले चपेटी सम्म पुर्याउने ब्यापारिक केन्द्र,उक्त फाल्गुनन्द राजमार्ग सन्चालन भएसँगै पर्यटकिय गतब्य मा परिणत भएको हो ।
२०२० साल देखी नै बस्ती बिकास भएको उक्त नदी किनार क्षेत्रमा बिगतमा चिप्ला र चौडा चेप्टा आकारका ढुङ्गा पाइने भएकाले उक्त स्थानको नाम चपेटी रहन गएको स्थानिय हरु बताउछन । रतुवाखोला ले धार परिवर्तन गरे संगै २०३५/३६ सालतिर उक्त क्षेत्र बगरमा परिणत भएको थियो भनें त्यसपछी पुन स्थानिय हरुले खोला नियन्त्रण गर्दै पुरानै स्थानमा पुर्याए पश्चात सृजना भएको हो अहिलेको चपेटी पर्यटकिय स्थल । उक्त चपेटी क्षेत्र बनभोजका लागी अत्यन्तै राम्रो स्थान भएको र ब्यवस्थापन पक्षले केहि ब्यवस्थापकिय कामहरु समेत गरेको तर अझै बृक्षरोपण,टहरा निर्माण लगायतका कामहरु गर्नसके अझै राम्रो हुने भनाइ राख्नु हुन्छ बनभोज खानका लागी बिभिन्न स्थानहरु बाट आउनु भएका महानुभाबहरु ।
चपेटी पर्यटकिय स्थलको रेखेदेख तथा ब्यवस्थापन गरिरहेको जनजागरण सामाजिक सस्थाले उक्त क्षेत्रमा बनभोज खाने प्रती समुह लाई रु. ५ सयका दरले रकम समेत संकलन गर्ने गरेको पाइएको छ भनें उक्त सस्थाले बिभिन्न ब्यक्ती तथा संघसस्था हरुको समान्वय मा १२ वटा भन्दा धेरै बिश्राम स्थलहरु ३ वटा शौचालय तथा केहि धाराहरु निर्माण गरेको छ भनें कोशी प्रदेश सरकारको सहयोग मा एउटा स्वागत द्वार समेत निर्माण सम्पन्न गरेको छ ।
पर्यटकिय तथा बनभोजका लागी प्रचुर सम्भावना बोकेको उक्त चपेटी क्षेत्रमा स्थानिय ,संघ तथा प्रदेश सरकार त्यती महत्व नदिनुको मुख्य कारण भने जमिन बिवाद रहेको पाइएको छ । हाल जनजागरण नामक सामाजिक सस्थाले प्रयोगमा ल्याएको चपेटी पर्यटकिय क्षेत्रको सम्पुर्ण भुभाग २०२७ सालमा नेपाल सरकारले स्थानिय कमिक राइको परिवारको नाममा ८० रोपनी जमिनको लालपुर्जा जारी गरेको छ । खोलाले कटान गरी सम्पुर्ण जमिन बगरमा परिणत भए पश्चात राइ परिवार उक्त स्थानबाट बिस्थापित भयो , समय क्रम सँगै खोलाले पुरानै धार समाते पछी खाली भएको जमिन मा खास गरेर २०७५ साल पश्चात केहि राजनितिक ब्यक्ती हरुको संरक्षणमा जनजागरण सामाजिक सस्थाले अतिक्रमण गरेको उनै कमिक राइ को गुनासो छ ।
देशमा संघियता को बिकास सँगै स्थानिय मठ मन्दिर,पाटी पौवा,चौतारो तथा पर्यटकिय स्थल र संरक्षित क्षेत्रहरुको संरक्षण र प्रवर्द्धनका साथै स्थानिय राजस्व संकलनको मुख्य जिम्मा पाएको स्थानिय सरकारले यस्ता क्षेत्रहरुको स्वामित्व ग्रहण गरी बिकास र प्रवर्द्धन गर्दै अघाडी बढाउनु पर्दछ । अन्यथा प्रचुर सम्भावना बोकेका स्थानिय सम्पदाहरु बिवादको चंगुलमा बेरिएर बिकासको साटो बिनासको पथतिर जाने प्रवल सम्भावना रहन्छ ।

Facebook Comments Box