नेपाली काँग्रेस चुलाचुलीको प्रवक्तामा मिलन रुम्दाली

देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाली काँग्रेस चुलाचुली गाउ कार्यसमिती को आज बसेको बैठक ले मिलन रुम्दाली राइ लाई गाउ कार्यसमिती को प्रवक्ता मा मनोनित गरेको छ ।
नेपाली काग्रेस चुलाचुली गाउँ कार्यसमितिको आयोजनामा भएको ७३ औं प्रजातन्त्र दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रम साथै नेपाली काग्रेस चुलाचुली गाउँ कार्यसम्पादन समितिको सिफारिशमा नेपाली काग्रेस चुलाचुली गाउँ कार्यसमितिको प्रबक्तामा सक्रिय विद्यार्थी नेता रुम्दालिलाई मनोनीत गरेको हो।
कार्यक्रमका सभाध्यक्ष नेपाली काग्रेसका कार्यबाहक सभापति धर्म प्रसाद ढुंगाना, प्रमुख अतिथि नेपाली काग्रेसका सभापति साथै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, अतिथि नेपाली काग्रेस इलाम जिल्ला क्षेत्र नं २, प्रदेश ख का सहसचिव सुदेश खावाहाङ्ग राई लगायत पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रम संचालन पार्टीका सचिव बलराम गिरिले गर्नुभएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि राजेन्द्र केरुङले जहानिय राणाशासनको अन्त्य गर्दै रैतीबाट जनता हुन पाएकोमा नेपाली जनता आज हर्षित र स्वतन्त्र छन, यस एतिहासिक लडाइ सप्पन्न गर्न नेपाली काग्रेसको अतुलनीय योगदान रहेको ब ताउनु भयो । नेताहरुले राष्ट्रियता प्रजातन्त्र र समाजबादको विकल्प नरहेको भन्दै अग्रज नेताहरुलाई सम्झिदै शहिदहरु प्रति सम्मान पनि व्यक्त गरेका छन।
चुलाचुली ३ का स्थाइ बासिन्दा प्रवक्ता मा मनोनित रुम्दाली पहिचान को मुद्दा मा निक्कै प्रखर बक्ता मानिन्छ ।