चुलाचुली मा स्थानिय सरकार को सार्वजानिक सुनुवाइ सम्पन्न

देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा आज फागुन ८ गते स्थानिय सरकार को पहिलो सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
चुलाचुली ५ नं वडा कार्यलय को सभाहल मा सम्पन्न उक्त सार्वजानिक सुनुवाइ कार्यक्रम लाई बुलन्द मल्टिटेक्निकल मिडिया प्रा लि का तर्फ बाट राम योङहाङ्ग ले सहजिकरण गर्नु भएको थियो भनें मुख्य उत्तरदाता को रुप मा ५ नं वडा का वडाध्यक्ष बबिन राइ हुनुहुन्थ्यो । त्यस्तै सहायक उत्तर दाता हरु मा गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ उपाध्यक्षा दिलु कुमारी लावती निमित्त प्रमुख प्रशासकिय अधिकृता मिलन भट्टराइ हुनुहुन्थ्यो त्यसैगरी शाखागत उत्तरदाता हरु मा संघा सस्था शाखा कि तारा घिमिरे,महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख रिता पोख्रेल , योजना शाखा प्रमुख उपेन्द्र पौडेल , पशु शाखा प्रमुख महेश राइ , कृषी शाखा प्रमुख अनिल तिमील्सिना लगायत को उपस्थिती रहेको थियो ।
दिउसो १ बजे देखी ४ बजे सम्म सन्चालित उक्त सार्वजानिक सुनुवाइ का मुख्य उत्तर दाता ५ नंम्बर अध्यक्ष बबिन राइ ले सो वडा को माघ मसान्त सम्म को बिवरण पेश गर्नु भयो भनें सहजकर्ता को तर्फबाट समुदाय स्त र मा गएर तयार पारिएको अभिमत सहित को प्रतिवेदन राम योङहाङ ले गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ लाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रम अवधी भर जम्मा ९ जना महानु भाब हरु ले सवाल गर्नु भएको थियो भनें वहाँ हरु को जवाफ सम ब न्धित ब्यक्ती हरु ले दिनु भएको थियो ।