देवी प्र पौडेल , इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउपालिका वडा नं ३ स्थित श्री सिद्धेश्वर शिवालय मन्दिर मा आज फागुन २८ गते देखी बिश्व शान्ती तथा समस्त प्राणी जगत को कल्याण का निम्ती ९ दिवसिय महापुराण सुरु भएको छ ।

श्री सिद्धेश्वर शिवालय मन्दिर संरक्षण समिती को आयोजना मा सुरु भएको उक्त महापुराण मा प्रमुख कथा वाचक श्री केवल कृष्ण अधिकारी र उपबाचक हरु मा दिपक भट्टराइ,गोपाल निरौला,अग्नी पौडेल र अनिल पौडेल रहनु भएको छ ।

सस्था को १८ औ वार्षिक उत्सबको अवसर पारेर आयोजना गरिएको उक्त महापुराण मा चुलाचुली गाउपालिका का अलवा झापाको कमल गाउपालिका र दमक नगरपालिका साथै मोरङ को मिक्लाजुङ गाउपालिका बाट समेत भक्तजन हरु को उपस्थिती रहने अपेक्षा गरिएको छ ।

पुराण आयोजक समिती ले दिएको जानकारी अनुसार हरेक दिन बिहान पाठ पारायण , ९ बजे देखी १२ बजे सम्म झाँकी सहित कथा प्रवचन मध्यान्ह को बिश्राम पश्चात १:३० देखी ४ बजे सम्म पुन: कथा प्रवचन र बेलुकी ६ बजे देखी १० बजे सम्म आरति, पुष्पान्जली , माहत्मय, भजन , किर्तन एवम झाँकी प्रदर्शन गरिने छ भने चैत्र ६ गते पुर्ण आहुती तिलक प्रसाद बितरण का साथै समापन र बिदाइ कार्यक्रम रहेको छ ।

Facebook Comments Box