देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/पछिल्लो समय तरलताको अभाब मा बैक तथा वित्तिय संघसस्था हरुका साथसाथै सहकारी हरु समेत समस्यामा रहेका छन भनें केहि सहकारी हरु ले आफ्ना सदस्य को बचत रकम फिर्ता गर्न नसक्दा अर्थ बजार मा सहकारी हरुको छवी धमिलिदै गएको छ । पछिल्लो समय मा केहि सहकारी हरु र सहकारीका सेवा केन्द्रहरु , सहकारीले गरिरहेका ब्यावसाय हरु समेत धमाधम बन्द भइ रहेको अवस्था छ ।

सहकारी हरु को यस्तो घटना बाहिर आइ रहदा केहि सहकारी हरु ले भनें बिना समस्या कारोवार गरी रहेका छन,ति सहकारी हरु लाई न ॠण लगानी मा समस्या छ न त बचतकर्ताहरु को बचत रकम फिर्ता गर्न मा कुनै समस्या छ । देश भरी का १५ वटा ठुला सहकारीहरु एनमसी सहकारी ,साहारा नेपाल सहकारी , मेची सहकारी ,कर्णाली सहकारी , जनकल्याण सहकारी ,चन्द्रागिरी सहकारी , जनचेतन सहकारी ,सामुदायिक सहकारी , बुडोल सामुदायिक सहकारी ,पोखरा रोयल सहकारी , बिकु सहकारी ,मध्य नेपाल सहकारि, किसान सहकारी , जन उत्थान सहकारी र नवजिवन सहकारी ले बिना जोखिम र बिना समस्या दैनिक कारोवार गरी रहेका छन ।

जोखिम रहित देश भरी का १५ वटा सहकारी हरु मध्य ईलाम को चुलाचुली गाउ पालिका मा ३ वटा सहकारी हरु ले आफ्नो सेवा केन्द्र नै राखेर कारोवार गरी रहेका छन । झापाको मेचीनगरमा रहेको नेपाल बहुउद्धेश्यिय सहकारी संस्था (एनएमसी) सहकारी पूर्वको ठूलो सहकारीमध्येमा पर्छ । एक अर्ब ४१ करोड १ लाख ७४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा ९ अर्ब ६ करोड ७० लाख ८५ हजार रुपैयाँ बचत छ भने १० अर्ब ५१ करोड ८० लाख ३४ हजार रुपैयाँ ऋण लगानी रहेकाे छ ।

यो सहकारीको ७३ करोड ७० लाख ८१ हजार रुपैयाँको जगेडा कोष छ । सहकारीसँग १ अर्ब २५ करोड १६ लाख २० हजार रुपैयाँ तरलता रका रहेको जनाएको छ । सहकारीसँग १३.८० प्रतिशत तरलता अनुपात रहेको बताएको छ । यो सहकारीसँग १२ अर्ब ७० करोड ७५ लाख ५१ हजार बराबर कुल सम्पत्ति रहेको जनाएको छ । यस सहकारीसँग कुल १ लाख ४४ हजार ४३१ सेयर सदस्य र १८ हजार २६ जना ऋणी छनभनें सो सहकारी ले चुलाचुली गाउ पालिका भित्र १२ सय शेयर सदस्य हरु बाट १ करोड ७ लाख १५ हजार रुपैया शेयर पुँजी संकलन गरेको छ भनें ४४ सदस्य हरु लाई ३ करोड ६८ लाख ६८ हजार ४ सय ४८ रुपैया ॠण लगानी गरेको छ र उक्त सेवा केन्द्र मा १ करोड २० लाख २७ हजार १ सय ५८ रुपैया निक्षेप संकलन गरिएको छ ।

यसै गरी झापा को बिर्तामोड मा मुख्य कार्यलय रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था ले केहि महिना अघाडी मात्रै सेवा केन्द्र चुलाचुली मा सुचारु गरेता पनि २१ वटा समुह मा रहेर ३ सय ६३ जना शेयर सदस्य संख्या बाट ९५ लाख ८ हजार ९ सय रुपैया शेयर रकम संकलन गरेको छ । सो सहकारी ले चुलाचुली क्षेत्र मा आफ्ना २ सय ८१ जना सदस्य हरु लाई ४ करोड ५० लाख्९५ हजार ८८ रुपैया ॠण लगानी गरी सकेको छ । चुलाचुली र झापाको कमल गाउ पालिका लाई हेर्ने गरी स्थापना भएको सहारा नेपाल चुलाचुली सेवा केन्द्र मा ३ जना कर्मचारी रहेका छन ।

१ अर्ब ६३ करोड ८१ लाख ९२ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । यो सहकारीले १० अर्ब ६१ करोड ८९ लाख ४० हजार रुपैयाँ बचत र १२ अर्ब २३ करोड २१ लाख ३८ हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ । यस सहकारीको जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख ६६ हजार रुपैयाँ छ ।सहकारीसँग २०.२९ प्रतिशत तरलता अनुपात छ । २ अर्ब १५ करोड ४४ लाख ६७ हजार रुपैयाँ तरलता रकम छ । कुल १ लाख ६० हजार ८७२ सेयर सदस्य रहेको यस सहकारीमा कुल ८३ हजार ५२९ ऋणी सदस्य छन।

झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था एक ठूलो सहकारीका रुपमा परिचित छ । संस्थामा कुल १३ हजार ६९८ सेयर सदस्य रहेकोमा साढे २ अर्ब रुपैयाँ बचत रहेको बताइएको छ । यस्तै यस संस्थामा २ अर्ब ८९ करोड ६८ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी छ । सहकारीकाे साढे ३ अर्बको सम्पत्ति छ भनें नेपाल कै सहकारी नमुना बस्ती समेत निर्माण गरेको मेची सहकारी ले चुलाचुली सेवा केन्द्र मार्फत ५ करोड १७ लाख २५ हजार ९ सय ९९ सय रुपैय कर्जा लगानी गरेको छ । ४ सय ५१ जना शेयर सदस्य रहेको उक्त सेवा केन्द्र मा ४४ लाख २७ हजार रुपैया शे य र पुँजी निर्माण , ब्यवस्थापन उपसमिती र कर्जा उपसमिती गरी २ उपसमिती को साथमा ४ जना कर्मचारी रहेको सो सेवा केन्द्र बाट अधिकतम ३५ लाख रुपैया सम्म ॠण लगानी गरिएको सेवा केन्द्र प्रमुख राजकुमार कार्की ले जानकारी दिनु भयो ।

Facebook Comments Box