‘कोशी’ नाम खारेजीको मागसहित चुलाचुली गाउँपालिकामा ताला

देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/साविक १ नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएको विरोधमा इलामको चुलाचुली गाउपालिका गाउँपालिकामा ताला लगाइएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलकारीले गाउँपालिकास्थित ६ वटै वडा कार्यलय हरुमा र गाउपालिका को मुख्य प्रवेश द्वारमा तालाबन्दी गरेका हुन् ।
‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यस प्रदेशमा चरणबद्व आन्दोलन गर्दै आएको छ । यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दी पूर्व संघर्ष समितिले इलाम जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए ।
तालाबन्दी पस्चात इलाम टाइम्स संगको छोटो कुराकानीमा संयुक्त संघर्ष समिती चुलाचुलीका संयोजक मिलन रुम्दाली ले गाउपालिका बाट यो बन्दको अवज्ञा हुने छैन र कथमकदाचित बलजफ्ती ताला खोलेर कार्यलय संचालन गर्ने प्रयास गरे मा ठुलो धनजन को क्षति हुने बताउनु भयो ।
‘कोशी’ नाम खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को निधन भएको थियो । आन्दोलनकारीले मंगलबार विराटनगरमा पनि ‘कोशी’ नाम खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।