देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र चुलाचुली गाउ समिती को प्रथम बिशेष अधिवेशन हिजो जेठ ६ गते सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र का केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण को प्रमुख आतिथ्यता मा तथा इलाम जिल्ला सह- इन्चार्ज हर्क बहादुर लावती कान्छा र इलाम जिल्ला संयोजक बिजय खम्बु को बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रम चुलाचुली ५ स्थित दलित भवन मा सम्पन्न भएको हो । गत बर्ष मात्रै सम्पन्न अधिवेशन ले निर्वाचित गरेको समिती का अध्यक्ष पृथ्वी राइ ले राजिनामा दिए पस्चात केहि महिना अध्यक्ष बिहिन संगठन चलाएको र यो बिशेष अधिवेशन गर्नु परेको एक सदस्य ले जानकारी दिनु भयो ।

नेकपा माओबादी केन्द्र चुलाचुली गाउ समिती को बिशेष अधिवेशन मा केहि पदका लागी सहमती हुन नसके पछी निर्वाचन प्रकृया बाट पदाधिकारी हरु को टुङ्गो लागेको थियो । अध्यक्ष पद का लागी सहमती जुटन नसकेपछी निर्वाचन प्रकृया मार्फत शान्ती दावा राइ ले ४० मत प्राप्त गर्दै अध्यक्ष मा बिजयि हुनु भएको हो भनें सोही पदका लागी पृतीनारायण राइ ले ३७ मत र न्युसन राइ ले १२ मत प्राप्त गर्नु भएको थियो । त्यसै गरी उपाध्यक्ष मा चन्द्र कुमार दंगाल,दिपक श्रेस्ट र केशब गुरागाइ सर्वसम्मत हुनु भयो भनें सचिब पद मा भगिरथ भट्टराइ पनि सर्वसम्मत चयन हुनु भएको हो । त्यस्तै सह-सचिब पदका लागी भएको निर्वाचन मा धर्मराज नेपाल ले ५९ मत प्राप्त प्राप्त गर्दै बिजयि हुनु भएको हो भनें वहाँ का प्र्तिद्वन्दी अनिल लावती ले ३७ मत प्राप्त गर्नु भएको हो ।

सुक्र बहादुर लावती तुला, उद्धब न्यौपाने र शुभमाया राइ निर्वाचन मण्डलमा रहनु भएको र निर्वाचन पस्चात निर्वाचित ३५ सदसिय नवगठित गाउ कार्य समिती का पदाधिकारीहरु लाई केन्द्रीय सदस्य धिरेन्द्र शर्मा ले सफत ग्रहण गराउनु भएको थियो । गाउ कार्य समिती ले पुर्णता पाए संगै अब संगठन बिस्तार मा थप सहज हुने बताउनु हुन्छ नव निर्वाचित सचिब भगिरथ भट्टराइ ।

Facebook Comments Box